close

कम्पनीको पहिलो फोन खरिद गर्ने सबै ग्राहकलाई पैसा फिर्ता गर्दै साओमी

टेकपाना टेकपाना

साउन २८, २०७८ १३:६

कम्पनीको पहिलो फोन खरिद गर्ने सबै ग्राहकलाई पैसा फिर्ता गर्दै साओमी

काठमाडौं । साओमीको पहिलो फोन ‘मि १’ सन् २०११ मा चिनियाँ बजारमा सार्वजनिक भएको थियो । वानप्लसले जस्तै कम्पनीले आफ्नो ल्यान्डमार्क स्मार्टफोन सस्तो मूल्यमा सार्वजनिक गर्दै बजारमा प्रवेश गरेको थियो ।

यसरी विश्व स्मार्टफोन बजारमा भित्रिएको साओमीले आफ्नो पहिलो फोन खरिद गर्ने प्रयोगकर्तालाई पैसा फिर्ता गर्ने भएको छ । कम्पनीले मी १ प्री–अर्डर गरी खरिद गर्नेलाई मोबाइलको मूल्य बराबर रकम फिर्ता गर्ने निर्णय गरेको हो ।

साओमीका अनुसार त्यसबेला कुल एक लाख ८४ हजार ६ सय मोबाइल सेट बिक्री भएको थियो । जसको मूल्य ३०८ डलर रहेको थियो । त्यो हुँदा कम्पनीले अब झण्डै ५७ मिलियन डलर अर्थात ६ अर्ब ७८ करोड रूपैयाँभन्दा बढी रकम भुक्तानी गर्नुपर्ने हुन्छ ।

कम्पनीले हालसम्म उक्त रकम क्यासमा उपलब्ध गराउने अथवा अनलाइन स्टोरमा क्रेडिट उपलब्ध गराएर गर्ने भन्ने विषयमा आधिकारिक जानकारी भने दिएको छैन ।

तर, विबोले सार्वजनिक गरेको फोटोअनुसार कम्पनीले प्रयोगकर्तालाई अनलाइन स्टोरमा क्रेडिट उपलब्ध गराउन सक्ने देखिएको छ ।

जुनसुकै माध्यमबाट पैसा उपलब्ध गराइएता पनि आफ्ना पहिलो ग्राहकका लागि कम्पनीले गरेको यो सम्मान उदाहरणीय भएकाे विश्लेषण गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३