close

विद्युतीय सामग्री किन्दा २३ प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

पुस १८, २०७९ १६:२१

काठमाडौं । विभिन्न डिजिटल सामग्रीहरू एकै स्थानमा उपलब्ध गराइरहेकाे बिग डिजिटलले अंग्रेजी नयाँ वर्षको अवसर पारी न्यू इयर अफर ल्याएको छ । यसअन्तर्गत ग्राहकले विभिन्न विद्युतीय सामग्रीमा २३ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै डिजिटल वालेट 'सेल पे'बाट भुक्तानी गर्दा थप एक हजार रुपैयाँसम्म क्याशब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ । १० हजार रुपैयाँ भन्दा बढी रकम पर्ने कुनै पनि सामग्री खरिद गरी सेल पेबाट भुक्तानी गर्दा यो क्याशब्याक प्राप्त गर्न सकिनेछ ।

१० हजार रुपैयाँभन्दा कम रकमको सामग्रीको खरिद गर्दा भने १० प्रतिशतसम्म छुट पाइने छ । ग्राहकले बिग डिजिटलबाट घरायसी विद्युतीय सामग्रीदेखि मोबाइल, टिभी, हेडफोन लगायतका सामग्रीमा यो अफर पाउन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: पुस १८, २०७९ १६:२१