close

बिग डिजिटलको नयाँ अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा आईफोन किन्न सकिने

टेकपाना टेकपाना

पुस २२, २०७९ १८:३

बिग डिजिटलको नयाँ अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा आईफोन किन्न सकिने

काठमाडौं । विद्युतीय सामग्रीको शोरुम बिग डिजिटलले शून्य ब्याजदरमा किस्ताबन्दीमा आईफोन १४ सिरिजका फोन किन्न सकिने अफर ल्याएको छ । नेपालमा महँगा फोन आधाकारिक रूपमा भित्रिन थालेसँगै बिग डिजिटलले यो अफर ल्याएको हो ।

यसअन्तर्गत शून्य रुपैयाँ डाउन पेमेन्ट गरेर आईफोन खरिद गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकले आईफोनको मूल्य तीन महिना वा छ महिनाभित्र बुझाउनुपर्ने हुन्छ । यो अफर एनआईसी एसिया बैंकका ग्राहकले मात्र पाउने कम्पनीको भनाइ छ ।

बिग डिजिटलका अनुसार एनआईसी एसिया बैंकको क्रेडिट कार्ड प्रयोग गरेर किस्ताबन्दीमा फोन खरिद गर्न सकिने छ । आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स खरिद गर्ने प्रयोगकर्ताले निःशुल्क चार्जर पनि पाउनेछन् ।

यो अफर जनवरी १५ देखि सुरु भई तीन महिनासम्म लागू हुनेछ ।

पछिल्लो अध्यावधिक: पुस २२, २०७९ १८:१३