close

ई-सेवाबाट एनसेलमा टपअप गर्दा प्लेस्टेशन फाइभ जित्ने मौका

टेकपाना टेकपाना

पुस १९, २०७९ ८:३२

ई-सेवाबाट एनसेलमा टपअप गर्दा प्लेस्टेशन फाइभ जित्ने मौका

काठमाडौं । भुक्तानी सेवाप्रदायक कम्पनी ई-सेवाले आफ्ना ग्राहकहरूको लागि नयाँ अफर ल्याएको छ । 

अब ई-सेवा मार्फत  एनसेलका कुनै पनि मोबाईल नम्बरमा टपअप गर्दा आकर्षक पुरस्कार जित्न  सकिनेछ । इसेवामार्फत एनसेल मोबाईलमा जनवरी महिना अवधीभर छ सय रूपैयाँभन्दा बढीको  टपअप गर्दा प्लेस्टेशन फाइभ जित्न सकिनेछ । 

दुई सय भन्दा माथिको रिचार्ज गर्ने व्यक्तिले हरेक हप्ता आकर्षक उपहार जित्ने कम्पनीले जनाएको छ । यो योजना २०२३ को जनवरी महिनाको अन्तिमसम्म अर्थात माघ १७ गतेसम्म मात्र लागू हुनेछ ।
 

पछिल्लो अध्यावधिक: पुस १९, २०७९ ८:३२