close

शाकिराको डिश ट्रयाकले तोड्यो युट्युबको रेकर्ड, २४ घण्टामै ६३ मिलियन बढी भ्युज

टेकपाना टेकपाना

पुस ३०, २०७९ १७:२

शाकिराको डिश ट्रयाकले तोड्यो युट्युबको रेकर्ड, २४ घण्टामै ६३ मिलियन बढी भ्युज

काठमाडौं । कोलम्बियन गायिका शाकिरा इसाबेलले आफ्ना पूर्वपति जेरार्ड पिकेलाई समर्पित गर्दै सार्वजनिक गरेको डिश ट्रयाकले युट्युबमा नयाँ रेकर्ड राखेको छ । पूर्वपति जेरार्ड पीकेले धोका दिएको भन्दै तयार पारेको डिश ट्रयाकले अपलोड भएको २४ घण्टामा ६३ मिलियन बढी भ्युजको आँकडा पार गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीका अनुसार उक्त गीतले ल्याटिन गीतहरूमध्ये छोटो समयमा सर्वाधिक बढी हेरिएको युट्युब रेकर्ड राखेको छ । ४५ वर्षीया शाकिरा र स्पेनिस पूर्व फुटबलर ३५ वर्षीय पीके १० वर्षको सम्बन्धपछि सन् २०२२ मा अलग्गिएका थिए ।

यसअघि जे ब्याभ्लिन, लुइ फोन्सी र ड्याडी यान्कीले राखेको रेकर्ड शाकिराको यो गीतले तोडेको हो । चार मिनेट लामो यो पप गीत शाकिरा र अर्जेन्टिनी प्रोड्युर तथा डीजे बिजार्‍यापबीचको पहिलो सहकार्य हो । 

 

 

पछिल्लो अध्यावधिक: पुस ३०, २०७९ १७:२४