close

टेलिकमको अवरुद्ध मोबाइल सेवा पुनः सञ्चालनमा

टेकपाना टेकपाना

माघ ३, २०७९ १३:४५

टेलिकमको अवरुद्ध मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं । मङ्गलबार मध्यान्ह १२ बजेपछि अवरुद्ध नेपाल टेलिकमको नेटवर्क पुनः सञ्चालनमा आएको छ । टेलिकमको मुख्य सिस्टममा प्राविधिक समस्या आउँदा कम्पनीको नेटवर्क अवरुद्ध भएको थियो ।

सिस्टममा देखिएको समस्याका कारण १५/२० मिनेट जति सेवा अवरुद्ध हुन पुगेको टेलिकमका एक अधिकारीले बताए । उनका अनुसार केही समय सेवा अवरुद्ध भएपछि नेटवर्कमा कलको सङ्ख्या ह्वात्तै बढेको र त्यसले गर्दा नेटवर्क साँघुरो हुन गएर नेटवर्क सञ्चालनमा आउँदा समेत प्रयोगकर्ताले फोन नलाग्ने समस्या ब्यहोरेका हुन् ।

सामान्यतः अप्टिकल फाइबर चुँडिएर नेटवर्कमा समस्या आउने गरेको भए पनि यस पटक भने सिस्टममा प्राविधिक त्रुटी देखिएको बताइएको छ ।

पछिल्लो अध्यावधिक: माघ ३, २०७९ १३:४५