काठमाडाैं । ललितपुर कुमारीपाटीमा रहेकाे भिरिन्ची कलेजले मलेसियास्थित एसिया ई विश्वविद्यालयबाट सम्बन्धन लिएर सन् २०१६ देखि सूचना प्रविधिसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेकाे छ । याे विश्वविद्यालय एसिया काेअपरेसन डाइलग अन्तर्गत ३४ सदस्य देशहरु मिलेर सञ्चालनमा ल्याइएकाे हाे ।
यसअन्तर्गत स्नातक तहमा 'इन्फर्मेसन कम्युनिकेसन एन्ड टेक्नाेलाेजी' विषय अध्यापन भइरहेकाे छ । साथै कलेजले स्नातकोत्तर तहमा बिजनेस एडमिनिस्ट्रेसन (एमबीए) शैक्षिक कार्यक्रम पनि सञ्चालन गरिरहेकाे छ ।
विद्यार्थीकाे प्रतिभालाई सहयाेग गर्न कलेजले वर्षेनि आईसीटी मेलासहित विभिन्न वर्कशप, प्रदर्शनी, बुटक्याम्प लगायतका क्रियाकलाप गर्दै आएकाे छ ।
सन् २०१६ देखि मलेसियन विश्वविद्यालयको आईटी कार्यक्रम सञ्चालन गरिरहेको कलेजबाट उत्पादन भएका अधिकांश जनशक्ति नेपालकै आईटी उद्योगमा काम गरिरहेको कलेजका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत आकाश सिम्खडाले जानकारी दिए ।
कलेज नाम: भिरिन्ची कलेज
सम्बन्धन: एसिया ई विश्वविद्यालय, मलेसिया
संस्थापक: आकाश सिम्खडा, प्रदिप पन्त, लिना जोशी, डा. रबिन कुमार आचार्य र डा. पवन कुमार शर्मा
स्थापना: सन् २०१३
अध्यक्ष एवं सीईओ: आकाश सिम्खडा
विद्यार्थी संख्या: २७०
शिक्षक/कर्मचारी संख्या: ३०
भर्ना: वार्षिक २ इन्टेक
कलेजको विशेष कार्यक्रम: आईसीटी मेला
कलेजले वर्षेनि गर्ने एक विशेष कार्यक्रममा पर्छ, आईसीटी मेला । यसमा विशेषत: विद्यार्थीले कलेजमा प्रयोगात्मक शिक्षाका रुपमा तयार पारेका सामग्रीहरू प्रदर्शनीमा राखिन्छ । उनीहरूले तयार पार्ने विभिन्न सामग्रीहरु अन्य व्यक्तिसमक्ष पुर्याउने उद्देश्यले कलेजले आईसीटी मेला आयोजना गर्दै आएको छ ।
आईटी काेर्ष
ब्याचलर्स अफ इन्फर्मेसन कम्युनिकेसन एन्ड टेक्नोलोजी
याे १२३ क्रेडिट आवरकाे चार वर्षे (आठ सेमेस्टर) काेर्ष हाे । यस काेर्षको अध्ययनपछि विद्यार्थीले सफ्टवेयर इन्जिनियरिङलगायत सूचना प्रविधिका विभिन्न क्षेत्रमा विशेषज्ञता प्राप्त गर्न सक्छन् ।
उच्च मावि तहमा जुनै विषय अध्ययन गरेपनि भर्ना हुन सकिने याे काेर्ष नेपालमा भिरिन्चीले मात्र सञ्चालन गरिरहेकाे छ ।
याे काेर्ष अध्ययनका लागि ८ लाख ८० हजार रुपैयाँ लाग्छ । कोर्षबारे विस्तृतमा जान्न यहाँ क्लिक गर्नुहोस् ।
अन्य कोर्ष
कलेजले आईटीको कोर्ष बाहेक मास्टर तहमा मास्टर अफ बिजनेस एड्मिनिस्ट्रेसन (एमबीए) पनि अध्यापन गराउँदै आएको छ ।