close

एक महिनाभर 'रोबोटिक्स फेस्ट' गर्दै युनाइटेड एकेडेमी

टेकपाना टेकपाना

माघ १७, २०७९ १४:१६

एक महिनाभर 'रोबोटिक्स फेस्ट' गर्दै युनाइटेड एकेडेमी

काठमाडौं । ललितपुरस्थित युनाइटेड एकेडेमीले आफ्नो २५औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘युनाइटेड रोबोटिक्स फेस्ट १.०’ सञ्चालन गरिरहेकाे छ ।

रोबोटिक्स एसाेसियन अफ नेपाल (र्‍यान) सँगको सहकार्यमा माघ महिनाभर सञ्चालन हुने कार्यक्रममा विभिन्न विषयमा कार्यशाला, परियोजना विकास, विज्ञान प्रदर्शनी सम्पन्न भइसकेको युनाइटेड एकेडेमीका ब्रान्ड मेनेजर दिपाली भट्टराईले जानकारी दिइन् ।

उनका अनुसार विद्यार्थीलाई नवप्रवर्तनको प्लेटफर्म उपलब्ध गराएर उनीहरूमा वैज्ञानिक स्वभाव विकास गर्न यो एक महिने लामो कार्यक्रम गरिएको हाे ।

कलेज परिसरमा माघ १३ र १४ गते भएको विज्ञान प्रदर्शनीमा कक्षा ११ र १२ अध्ययनरत विद्यार्थीहरुले निर्माण गरेका १७ भिन्न रोबोट प्रदर्शनी गरिएको थियो, जहाँ अटोमेटिक ह्यान्ड सेनिटाइजर डिस्पेन्सर, रेन (वर्षा) अलार्म सिस्टम, वाटर रिपोर्टिङ सिस्टम, स्मार्ट डस्टबिन, अटोमेटिक सोलार ट्रयाकिङ सिस्टम, सोइः मोस्चर मोनिटरिङ सिस्टम, अब्स्ट्याकल अभोइडिङ रोबोट लगायतका अन्य परियोजना प्रदर्शनीमा थिए ।

अब रोबोटिक्स कम्पेटिसन र प्यानल छलफल कार्यक्रम गर्ने तयारीमा रहेकाे उनले सुनाइन् ।

पछिल्लो अध्यावधिक: माघ १७, २०७९ १५:१३