close

२०२२ मा भारत पेबाट अश्नीर ग्रोभरले कति पाए तलब ?

टेकपाना टेकपाना

माघ १७, २०७९ १२:५६

२०२२ मा भारत पेबाट अश्नीर ग्रोभरले कति पाए तलब ?

काठमाडौँ । फिनटेक कम्पनी भारत पेका सह-संस्थापक अश्नीर ग्रोभर लगायतका शीर्ष कार्यकारीहरूको तलब सार्वजनिक गरिएको छ । मनी कन्ट्रोलका अनुसार शार्क ट्याङ्क इन्डियाको पहिलो सिजनका निर्णायक ग्रोभरले सन् २०२२ मा भारत पेबाट एक करोड ६९ लाख भारू तलब लिएका थिए ।

त्यस्तै भारतपेमा नियन्त्रण निकायको प्रमुखको भूमिकामा रहेकी उनकी श्रीमती माधुरीले २०२२ मा ६३ लाख भारु तलब पाएकी थिइन् । भारतपेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुहेल समीरले सोही आर्थिक वर्ष (२०२०)मा दुई करोड १० लाख भारतीय रुपैयाँ आम्दानी गरेका थिए ।

यसैगरी उक्त कम्पनीका सह-संस्थापक शाश्वत नाक्रानीले सोही अवधिमा २९ लाख ८० हजार भारतीय रुपैयाँ आम्दानी गरेका थिए । कम्पनीका कार्यकारीको तलब कम्पनीको शेयरमा आधारित नभएको बताइएको छ ।

कम्पनीको आर्थिक प्रतिवेदनका अनुसार सो आर्थिक वर्षमा कम्पनीले ७० करोड भारतीय रुपैयाँ तलब दिएको थियो । यो रकम शेयरमा आधारित रहेको उल्लेख गरिएको छ ।

भारतपेले गत वर्ष अश्नीर ग्रोभर र उनकी श्रीमतीलाई आर्थिक अनियमितताको आरोपमा बर्खास्त गरेको थियो । उक्त विवादले गर्दा उनीहरूले कम्पनी र बोर्डबाट राजीनामा दिएका थिए ।

फिनटेक कम्पनीले डिसेम्बर २०२२ मा अश्नीर ग्रोभर र उनको परिवार विरुद्धमा ८८ करोड ६७ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति माग गर्दै फौजदारी मुद्दा दायर गरेको थियो । यो मुद्दा अहिले अदालतमा विचाराधीन अवस्थामा  छ ।

पछिल्लो अध्यावधिक: माघ १७, २०७९ १३:३६