close

आईएमई पेको प्रेम दिवस अफर, रकम ट्रान्सफर गर्दा सामसङ फोन जित्ने मौका

टेकपाना टेकपाना

माघ २२, २०७९ १५:५५

आईएमई पेको प्रेम दिवस अफर, रकम ट्रान्सफर गर्दा सामसङ फोन जित्ने मौका

काठमाडौँ । भ्यालेन्टाइन्स डेको अवसरमा आईएमई पेले 'मन्थ अफ लभ' अफर सञ्चालनमा ल्याएको छ । फेब्रुअरी महिनाभर चल्ने यो अफर अन्तर्गत यो महिनाभर कम्तीमा पनि तीन पटक कारोबार गर्दा प्रयोगकर्ताले सामसङको स्मार्टफोन जित्ने अवसर पाउनेछन् ।  

आईएमई पेका प्रयोगकर्ताले अफर अवधिभर कम्तीमा तीन वटा विभिन्न कारोबारको भुक्तानी गरेपश्चात सामसङको स्मार्टफोन जित्न सक्नेछन् । कम्पनीका अनुसार अफरमा सहभागी पाँच प्रयोगकर्ताले स्मार्टफोन जित्न सक्नेछन् ।  

यस अफर अवधिको समाप्तिपछि आईएमई पेको आधिकारिक सामाजिक पेजहरू मार्फत विजेताहरूको घोषणा गरिने कम्पनीले जनाएको छ । 

नेपाली जनताहरूलाई डिजिटल माध्यममा कारोबार गर्न प्रोत्साहन गर्न र नगद रहित इकोसिस्टमलाई सहज बनाउन कम्पनीले यो अफर सञ्चालनमा ल्याएको कम्पनीको भनाइ छ ।

पछिल्लो अध्यावधिक: माघ २२, २०७९ १५:५६