close

आज दिनभर निःशुल्क बाइक र ट्याक्सी सेवा दिँदै ट्याक्सीमाण्डु

टेकपाना टेकपाना

फागुन २, २०७९ ११:५३

आज दिनभर निःशुल्क बाइक र ट्याक्सी सेवा दिँदै ट्याक्सीमाण्डु

काठमाडौं । सार्वजनिक यातायात व्यवसायीकाे आन्दोलनका कारण सवारी आवागमन अस्तव्यस्त भएपछि राइड शेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डुले आज दिनभरका लागि आफ्नो राइड शेयरिङ सेवा नि:शुल्क प्रदान गर्ने भएकाे छ ।

आन्दोलनका जायज मागमा समर्थन भएको तर, आफ्नो सामाजिक उत्तरदायित्त्व स्वरुप यो सेवा सञ्चालन गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुन केसीले बताएका छन् ।

"आन्दोलन जे जस्तो भएपनि आपतकालीन अवस्थामा यात्रुलाई कुनै समस्या नहोस् भनेर हामीले आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्मका ट्याक्सीमाण्डुकाे सेवा निःशुल्क गरेका छौं," उनले भने, "हाम्रो बाइक र ट्याक्सी दुवै राइडमा आज यात्रुहरूले निःशुल्क यात्रा गर्न पाउनेछन् ।"

यसका लागि राइडरहरूलाई पनि सूचित गरिएको उनले बताए । साथै यसरी निःशुल्क राइड दिएवापत प्रतिराइड राइडरसँग लिनुपर्ने कमिसनको साटो उल्टै राइडरलाई प्रति राइड ५० रुपैयाँ बोनस कम्पनीले नै दिने उनले उल्लेख गरे ।

उनका अनुसार यो सेवा लिन यात्रुले आफ्नो राइड रिक्वेस्ट गर्दा 'NEPALRIDE' प्रोमोकोड प्रयोग गर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: फागुन २, २०७९ १२:१८