close

समीक्षा अधिकारीको याचनाः फोटोशप गरेर चरित्रहत्या गरियो, प्लिज यसो नगरिदिनू

टेकपाना टेकपाना

फागुन १६, २०७९ १९:१०

समीक्षा अधिकारीको याचनाः फोटोशप गरेर चरित्रहत्या गरियो, प्लिज यसो नगरिदिनू

काठमाडौं । आफ्नो नाम र फोटो दुरुपयोग गर्दै सामाजिक सञ्जालमा विभिन्न नकारात्मक पोस्ट र कमेन्ट हुन थालेपछि गायिका समीक्षा अधिकारीले त्यसो नगर्न आग्रह गरेकी छन् । मंगलबार फेसबुकमा एक पोस्ट गर्दै उनले लेखेकी छन्, ''हुँदा हुँदै फोटोशप गरेर यतिसम्म चरित्रहत्या ? प्लिज यसो नगरिदिनुहोला ।''

सञ्चारमाध्यममा आइतबार अभिनेता पल शाह रिहाइ हुने समाचार बाहिरिएसँगै गायिका अधिकारीको अकाउन्ट खोजेर त्यसमा भएका पोस्टमा नानाथरीका नकारात्मक कमेन्टहरूको वर्षा हुन थालेको थियो । साथै उनको नाम, फोटो र भेरिफाइड ब्याज दुरुपयोग गर्दै विभिन्न पोस्ट हुन थाल्यो । 

सञ्चारमाध्यममा आइतबार कलाकार पल शाह रिहाइ हुने समाचार बाहिरिएसँगै गायिका अधिकारीको अकाउन्ट खोजेर त्यसमा भएका पोस्टमा नानाथरीका नकारात्मक कमेन्टहरूको वर्षा हुन थालेको थियो ।

साथै उनको नाम, फोटो र भेरिफाइड ब्याज दुरुपयोग गर्दै विभिन्न पोस्ट हुन थाल्यो । यसैक्रममा सामाजिक सञ्जालमा भाइरल एक पोस्टको स्क्रिनशट लिँदै उनले फोटोशप गरेर चरित्रहत्या भइरहेको र यसो नगर्न आग्रह गरेकी छन् ।

यसअघि पनि गायिका अधिकारीले नकारात्मक कमेन्ट गर्नेहरूमाथि साइबर अपराधको मुद्दा हाल्ने चेतावनी दिएकी थिइन् । साइबर ब्यूरोले पनि आन्तरिक रूपमा गायिका समीक्षा अधिकारीका सामाजिक सञ्जालका अकाउन्टमा निगरानी राखेको उल्लेख गरेको थियो ।

सामाजिक सञ्जालमा नकारात्मक प्रतिक्रिया र ट्रोलका आउने क्रम नराेकिएपछि उनले  आफू मानसिक तनावमा परेको समेत बताएकी थिइन् । 

केही दिन अघि मात्र टिकटक लाइभमा गायिका अधिकारीसँग जोडिन आएका एक अपरिचित व्यक्तिले उनीमाथि अपशब्द प्रयोग गर्दै बेइज्जत गरेका थिए । टिकटकको सो क्लिप राखेर समेत उनीमाथि मानसिक तनाव दिने क्रम बढेको छ । 

अधिकारी विरुद्ध श्रंखलाबद्ध रुपमा सामाजिक सञ्जालमा गालीगलौज भइरहे पनि प्रहरी र सम्बन्धित निकायले दोषीलाई कारबाही गर्न कुनै कदम चालेको छैन ।

 

 

पछिल्लो अध्यावधिक: फागुन १६, २०७९ १९:२४