close

आईएमई मार्फत आएको रेमिट्यान्स आईएमई पेमा प्राप्त गर्दा १०० रुपैयाँ बोनस

टेकपाना टेकपाना

बैशाख २७, २०८० ८:२०

आईएमई मार्फत आएको रेमिट्यान्स आईएमई पेमा प्राप्त गर्दा १०० रुपैयाँ बोनस

काठमाडौं । ‘आईएमई पे’ मा आईएमईमार्फत पठाएको रेमिट्यान्स प्राप्त गर्दा अब ग्राहक वर्गले रु १०० बोनस पाउने भएका छन् ।

आईएमई पेले आईएमई रेमिटसँगको सहकार्यमा ग्राहकलाई आफ्नो वालेटमा रेमिट्यान्स प्राप्त गर्न मिल्ने सुविधा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै पछिल्लो समय देखी आईएमई पेले वालेटमा रेमिट्यान्स प्राप्त गर्ने ग्राहकलाई ५० रुपैयाँ बोनस पनि दिँदै आइरहेको छ । अब भने यो बोनस रकम बापत ग्राहकले १०० रुपैयाँ प्राप्त गर्न सक्नेछन् ।  

साथै अमेरिका, यूरोप, क्यानाडा, मलेसिया, कतार, यूएई, कुवेत र बहराइन लगायत विश्वको कुनै पनि स्थानबाट मनी ग्राम, इन्स्ट्यान्ट क्याश, अल अन्सारी एक्सचेन्ज, वोर्ल्डवाइड क्याश एक्स्प्रेस र इजी रेमिटबाट पठाएको रेमिट्यान्सको रकम आइएमई पे वालेटमा प्राप्त गर्दा पनि ग्राहकले १०० रुपैयाँ  बोनस पाउन सक्नेछन् ।  

पछिल्लो अध्यावधिक: बैशाख २७, २०८० ९:३६