काठमाडौं । अब सरकारले सामाजिक सुरक्षा भत्ता समेत अनलाइनमार्फत भुक्तानी दिने भएको छ । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम मार्फत यस्तो घोषणा गरिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सामाजिक सुरक्षा भत्तालाई विद्युतीय प्रणाली मार्फत भुक्तानी गरिने उल्लेख छ ।