close

डिजिटल स्वयल म्यापमा ३० हजार बढी स्थानको माटोको विवरण उपलब्ध

टेकपाना टेकपाना

जेठ १४, २०८० १६:९

डिजिटल स्वयल म्यापमा ३० हजार बढी स्थानको माटोको विवरण उपलब्ध

काठमाडौं । सरकारले माटोको डिजिटल नक्सा, डिजिटल स्वयल म्याप (डीएसएम) अन्तर्गत २०७९ फागुनसम्म ७७ जिल्लका ३० हजार बढी स्थानको माटोको विवरण समावेश गरेको छ । 

अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणको रिपोर्टका अनुसार देशभरका ३० हजार ५४८ स्थानको माटोको नमुना परीक्षण गरी यसको विवरण डिजिटल नक्सामा समावेश गरिएको छ ।  

परीक्षणबाट प्राप्त विवरणलाई बाली/विरुवामा प्रयोग गर्ने मलखाद एवं सूक्ष्म पोषण तत्त्वको मात्र सिफारिस गर्न तथा माटोको गुणको पूर्वानुमान गर्नका लागि प्रयोग गरिएको छ । 

दुई वर्ष अघि सार्वजनिक भएको यो डिजिटल नक्सा प्रयोग गरेर घरमै बसी नेपालको कुन ठाउँको माटोको अवस्था कस्तो छ, त्यस्तो माटोमा कस्तो खालको खेती लगाउन सकिन्छ भन्ने विषयमा योजना बनाउन सकिन्छ । 

यस एपबाट माटोको अम्लीयपन, रसायन पदार्थको मात्रा, उर्वरा शक्ति, माटोको बनावट तथा गुणस्तर लगायतका जानकारी लिन सकिने छ । किसानले आफ्नो जग्गामा माटोको गुणस्तरका आधारमा मल कति आवश्यक पर्छ, कस्तो बाली लगाउँदा उपयुक्त हुन्छ, यदि माटोको गुणस्तर नराम्रो भएको खण्डमा त्यसलाई सुधार्न आवश्यक कदम चाल्न समेत यसले मद्दत गर्दछ ।

पछिल्लो अध्यावधिक: जेठ १४, २०८० १६:१५