close

सबैभन्दा धेरै आयकर तिर्ने सार्वजनिक संस्थामा नेपाल टेलिकम

टेकपाना टेकपाना

जेठ १४, २०८० १६:५७

सबैभन्दा धेरै आयकर तिर्ने सार्वजनिक संस्थामा नेपाल टेलिकम

सांकेतिक तस्वीर

काठमाडौं । नेपाल सरकारको सञ्चित कोषमा सबैभन्दा धेरै योगदान गर्ने सार्वजनिक संस्थाको सूचीमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड अर्थात नेपाल टेलिकम रहेको छ ।

अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८० रिपोर्टका अनुसार नेपाल टेलिकमले सबैभन्दा धेरै आयकरमा योगदान गरेको हो । 

रिपोर्टका अनुसार नेपाल टेलिकमले आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ६८ करोड ४३ लाख रुपैयाँ आयकर योगदान गरेको छ । सो आर्थिक वर्षमा सरकारले सार्वजनिक संस्थानबाट प्राप्त गरेको कुल १४ अर्ब ३८ करोड १८ लाख आयकरमा नेपाल टेलिकमको योगदान त्यति देखिएको हो । 

नेपाल टेलिकमपछि धेरै आयकर दाखिला गर्नेमा नेपाल विद्युत प्राधिकरण रहेको छ । सो अवधिमा प्राधिकरणले १ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ तिरेको थियो ।

पछिल्लो अध्यावधिक: मंसिर ७, २०८० ११:५७