close

विश्वविद्यालयसँगको सहकार्यमा उद्यमशीलता विकास कार्यक्रम

टेकपाना टेकपाना

जेठ १५, २०८० १८:१७

विश्वविद्यालयसँगको सहकार्यमा उद्यमशीलता विकास कार्यक्रम

काठमाडौं । सरकारले विश्वविद्यालयसँगको सहकार्यमा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ काे बजेटमार्फत सरकारले यस्ताे कार्यक्रम ल्याउन लागेकाे हाे ।

साेमबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले ‍औद्यौगिक जनशक्ति उत्पादन तथा उद्यमशीलता प्रवर्द्धन गर्न त्रिभुवन विश्वविद्यालय लगायत प्राज्ञिक संस्थाहरूसँगकाे साझेदारीमा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

त्यस्तै उनले बजारको माग अनुसारको दक्ष जनशक्ति उत्पादन गर्न सुरू गरिएको कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रमलाई  निरन्तरता दिइएको बताए । यस कार्यक्रमअन्तर्गत उद्योगीले प्रशिक्षार्थी कामदार लिई आफ्नो आवश्यकता अनुसारको सीप सिकाउनुपर्ने र न्यूनतम १९ महिनाको रोजगार दिनुपर्नेछ ।

त्यस्तै त्यस्ता प्रशिक्षार्थी कामदारको तीन महिनाको न्यूनतम पारिश्रमिक सरकारले बेहोर्नेगरी आवश्यक बजेटसमेत सरकारले छुट्याएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० १८:२०