close

कर उठाउने आधार विस्तार गर्न प्यानलाई राष्ट्रिय परिचयपत्रमा आवद्ध गरिने

टेकपाना टेकपाना

जेठ १५, २०८० १९:५४

कर उठाउने आधार विस्तार गर्न प्यानलाई राष्ट्रिय परिचयपत्रमा आवद्ध गरिने

काठमाडौं । सरकारले कराधार विस्तार गर्न स्थायी लेखा नम्बर (प्यान) लाई राष्ट्रिय परिचयपत्रसँग आवद्ध गर्ने भएको छ ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो जनाएका हुन् । 

“ स्थायी लेखा नम्बरलाई राष्ट्रिय परिचय पत्रसँग आवद्धता गरी कराधार विस्तार गर्दै लगिनेछ,” बजेट वक्तव्यका क्रममा उनले भने, “बैङ्क, वित्तीय संस्था तथा सहकारी संस्थामा खाता सञ्चालन गर्दा स्थायी लेखा नम्बरलाई अनिवार्य गर्दै लगिनेछ ।”

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० १९:५४