close

ई-सेवाको एमपिन परिवर्तन गर्नुपर्‍यो ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

जेठ १६, २०८० १०:४३

ई-सेवाको एमपिन परिवर्तन गर्नुपर्‍यो ? यसो गर्नुहोस्

काठमाडौं । डिजिटल वालेट ईसेवाबाट हामी विभिन्न किसिमका कारोबार गरिरहेका हुन्छौं । रकम भुक्तानी गर्दा वा कतैबाट रकम विथड्र (झिक्नु) गर्दा हामीलाई चार अङ्कको एमपिन (MPIN) आवश्यक पर्छ । 

हरेक पटक कारोबार गरिरहने प्रयोगकर्तालाई आफ्नो एमपिन भुल्ने समस्या नहुनसक्छ । तर, कहिलेकाहीँ हामीले कुनै कारणले आफ्नो एमपिन भुल्नसक्छौं । 

साथै कुनै अर्को डिभाइसमा लगइन गरेर हामीले सो अकाउन्ट लगइन नगर्दा एमपिन बिर्सेको हुनसक्छौं । अथवा हाम्रो एमपिन अरू कसैलाई थाहा भएर आफ्नो एमपिन परिवर्तन गर्नुपर्ने हुनसक्छ । यस्ता विविध कारणले नयाँ एमपिन वा पासवर्ड राख्नुपर्ने हुन्छ । आज हामी ईसेवामा एमपिन कसरी परिवर्तन गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौं ।

ईसेवामा एमपिन परिवर्तन गर्नका लागि तलको प्रक्रिया अपनाउनुहोस्: 

- सबैभन्दा पहिले ई-सेवा एप खोलेर लगइन पेजमा जानुहोस् । (यदि अकाउन्ट लगइन छ र पिन परिवर्तन गर्नुपर्ने छ भने होमपेजममा जानुहोस् अनि माथि दायाँपट्टि रहेको तीन ओटा थोप्लोमा ट्याप गर्नुहोस् । 

- अनि अन्तिममा रहेको लगआउट (logout) को अप्सनमा ट्याप गरी लगआउट गर्नुहोस् । यसो त सेटिङमा गएर एमपीन परिवर्तन गर्न पनि सकिन्छ । त्यो प्रक्रियाका लागि तपाईंलाई अहिले भएको एमपिन राख्नुपर्ने हुन्छ । त्यसैले यो प्रक्रिया नै अपनाउँदा तपाईंलाई सहज हुनसक्छ)

- त्यसपछि सबैभन्दा माथि रहेको लगइन/रजिस्टर (Login/Register) को अप्सनमा ट्याप गर्नुहोस् ।

-अनि, तल पासवर्ड/एमपिनको अप्सन तल रहेको 'फर्गेट एमपिन'मा ट्याप गर्नुहोस् ।

स्क्रिनशट

-यति गरेपछि मोबाइल नम्बर (Mobile Number) को बक्समा आफ्नो मोबाइल नम्बर राखेर 'प्रोसिड'को बटनमा ट्याप गर्नुहोस् ।

-त्यसपछि 'प्रोसिड टु सेन्ड एसएमएस' (Proceed to send SMS) को बटनमा ट्याप गर्नुहोस् ।

-यो प्रक्रिया अपनाइसकेपछि सोझै तपाईंको मेसेज बक्स खुल्छ । च्याटबक्समा भएको अङ्क र अक्षरको समिश्रणलाई केही नगरी सोझै मेसेज पठाउनुहोस् (यदि इसेवामा रजिष्टर भएको नम्बर अहिले तपाईंसँग छैन भने तपाईंले इसेवा कार्यालयमा हाम्रो टोल फ्री नम्बर: 1660-01-02121 मा सम्पर्क गर्न सक्नुहुन्छ ।) ।

-त्यसपछि ईसेवाको तर्फबाट तपाईंलाई छ अङ्कको कोड पठाइन्छ । त्यहाँ भएको कोडलाई कपी वा नोट गरर्नुहोस् र ईसेवाको एपमा जानुहोस् । त्यहाँ कोड राख्न भनिएको बक्समा कोड राख्नुहोस् ।

-यति गरेपछि तपाईंलाई चार अङ्कको नयाँ एमपिन राख्नुपर्ने हुन्छ । नयाँ एमपिन राख्न (New MPIN)न्यु एमपिनको बक्समा चार ओटा नयाँ अङ्क राख्नुहोस् । त्यस्तै कन्फर्म न्यु एमपिन (Confirm new MPIN) को बक्समा पहिले राखेको पिन राख्नुहोस् । (१२३४, ५६७८ वा ६७८९ जस्ता क्रमिक अङ्क राख्न मिल्दैन । एउटै नम्बर चार पटक ११११, २२२२ राख्न मिल्दैन । आफ्नो इसेवा अकाउन्टमा प्रयोग भएको मोबाइल नम्बरको पहिलो चार अंक अथवा अथवा अन्तिम ४ अंक पनि राख्न मिल्दैन ।)

-अनि, अन्तिममा रहेको कन्फर्म (Confirm) को बटनमा ट्याप गर्नुहोस् ।

-यति गरेपछि तपाईंको एमपिन परिवर्तन हुन्छ । र, एप बन्द हुन्छ ।

-त्यसपछि पुनः ईसेवाको एप खोली फोन नम्बर वा ईमेल र पासवर्ड वा एमपिन राखी अकाउन्ट लगइन गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: जेठ १९, २०८० ९:५९