close

१२० हर्ज रिफ्रेसरेट डिस्प्ले सहितको रेड्मीको बजेट फोन सार्वजनिक

टेकपाना टेकपाना

जेठ २१, २०८० ११:२६

१२० हर्ज रिफ्रेसरेट डिस्प्ले सहितको रेड्मीको बजेट फोन सार्वजनिक

काठमाडौं । साओमीले नेपाली बजारमा रेड्मीको नयाँ स्मार्टफोन रेड्मी नोट १२ फाइभजी सार्वजनिक गरेको छ । फोनमा १२० हर्जको रिफ्रेसरेट सहितको ६.६७ इन्चको एमोलेड डिस्प्ले उपलब्ध गराइएको छ । साथै फोनमा रिडिङ मोड, नेटफ्लिक्स एचडी जस्ता फरक-फरक कुराको लागि फरक-फरक डिस्प्ले मोड पनि उपलब्ध गराइएको छ ।

यस्ते फोनमा ३३ वाटको फास्ट चार्जिङ सपोर्ट सहितको ५००० एमएच ब्याट्री छ भने ग्राहकले यो फोन खरिदमा चार्जर नि:शुल्क प्राप्त गर्न सक्नेछन् । फोनमा स्न्यापड्रागन फोर जेन वान चिपसेट प्रयोग गरिएको  छ । यो फोन एन्ड्रोइड १२ र मीयूआई १४ मा आधारित छ ।

फोनमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा सहित ८ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा, २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध छ । 
साथै फोनमा साइड फिङ्गरप्रिन्ट सेन्सर र एआई फेस लक फिचर पनि उपलब्ध गराइएको छ । 

नेपाली बजारमा ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य २९,९९९ रुपैयाँ तोकिएको छ भने ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेजको मूल्य ३१,९९९ रुपैयाँ तोकिएको छ । 
ग्राहकका लागि भने यो फोन जुन ११ बाट मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।   

पछिल्लो अध्यावधिक: जेठ २३, २०८० १५:२८