close

प्रयोगकर्ताको स्वास्थ्य जाँच गर्ने हेडसेट सार्वजनिक गर्दै एप्पल

टेकपाना टेकपाना

जेठ २१, २०८० १३:५५

प्रयोगकर्ताको स्वास्थ्य जाँच गर्ने हेडसेट सार्वजनिक गर्दै एप्पल

काठमाडौं । एप्पलको वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स (डब्लुडब्लुडीसी) जुन ५ अर्थात् भोलि सोमबार आयोजना हुँदैछ । यो कार्यक्रम मार्फत कम्पनीले धेरै प्रडक्टहरू सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । ती उत्पादनहरू मध्ये सबैभन्दा चर्चामा रहेको उत्पादन हो एप्पलको 'मिक्स्ड रियालिटि हेडसेट' ।

भोलि सार्वजनिक हुने तयारीमा भइरहेको डिभाइसको विषयमा जानकारीहरू बाहिरिन अझै कम भएको छैन । एप्पलका उत्पादनहरूको विषयमा भित्री जानकारी बाहिर ल्याउने ब्लुमबर्गका मार्क गुर्मानका अनुसार एप्पलको मिक्स्ड रियालिटि हेडसेटमा प्रयोगकर्ताको स्वास्थ्य सम्बन्धि जानकारी पनि दिइनेछ । 

उक्त हेडसेटले नै प्रयोगकर्ताको स्वास्थ्य अवस्था हेरेर उसले हेडसेट प्रयोग गर्न हुने वा नहुने भन्ने विषयमा जानकारी दिने उनले बताएका छन् । 

विभिन्न कम्पनीहरुले सार्वजनिक गरेको हेडसेटले मानिसहरूलाई त्यति आकर्षित गर्न नसकिरहेको अवस्थामा एप्पलको हेडसेट धेरैको लागि पर्खाइको विषय बनेको छ । मार्कका अनुसार प्रयोगकर्ताले उक्त हेडसेट खरिद गर्नुभन्दा अगाडि डेमो लिन सक्नेछन् । 

उक्त डेमोको क्रममा नै हेडसेटले प्रयोगकर्ताको स्वास्थ्य स्थिति परीक्षण गर्दै हेडसेट खरिद गर्ने कि नगर्ने भन्ने विषयमा सुझाव दिनेछ । हालसम्म बाहिरिएको जानकारी अनुसार यो हेडसेटमा दुईओटा १.४१ इन्चको माइक्रो ओएलईडी डिस्प्ले प्रयोग गरिएको  छ । 

यसको मूल्य करिब ३,००० डलर (करिब ४ लाख रुपैयाँ) पर्ने अनुमान गरिएको छ ।  

पछिल्लो अध्यावधिक: जेठ २१, २०८० १३:५५