close

साइबर अपराधको कसुरमा अभियन्ता वेदिका केसी पक्राउ

टेकपाना टेकपाना

साउन ७, २०८३ १७:१०

साइबर अपराधको कसुरमा अभियन्ता वेदिका केसी पक्राउ

काठमाडौंं । आफूलाई अभियन्ताका रूपमा चिनाउँदै आएकी वेदिका केसी पक्राउ परेकी छन् । साइबर ब्युरोले उनलाई बिहीबार जोरपाटीबाट नियन्त्रणमा लिएको हो ।

केसीमाथि विद्युतीय अपराधको कसुरमा जिल्ला अदालत काठमाडौंंबाट एक दिनको म्याद थपेर अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको ब्युरोका प्रवक्ता एसपी दिलीप गिरीले टेकपानालाई जानकारी दिए ।

पछिल्लो समय सामाजिक सञ्जालमा धर्मभित्रको गलत प्रवृत्तिको भण्डाफोर गर्ने अभियन्ताका रूपमा केसीले विभिन्न टेलिभिजन कार्यक्रम र सामाजिक सञ्जालमार्फत आफ्ना धारणाहरू सार्वजनिक गर्दै आएकी थिइन् ।

सोही क्रममा उनले दिएका कतिपय अभिव्यक्ति र टिप्पणीले आफ्नो चरित्रहत्या गरेको भन्दै एक चर्चित कथावाचिकाले उनीविरुद्ध कानुनी लडाइँ लड्ने बताएकी थिइन् । 

व्यवसायी पृष्ठभूमिकी केसीले धर्म, संस्कार र तन्त्रविद्याका नाममा हुने शोषण र भ्रमविरुद्ध आवाज उठाउँदै आएकी छन् । उनी जीबीएस एजुकेसनल कन्सल्टेन्सीकी सञ्जालक पनि हुन् ।

पछिल्लो अध्यावधिक: साउन ७, २०८३ १७:२६