close

नेपाली इन्टरनेटमा नयाँ रेकर्ड, नेपाल-अमेरिकाबीच क्रिकेट चलिरहँदा ब्यान्डविथ खपत अहिलेसम्मकै उच्च

टेकपाना टेकपाना

असार ५, २०८० २१:५६

नेपाली इन्टरनेटमा नयाँ रेकर्ड, नेपाल-अमेरिकाबीच क्रिकेट चलिरहँदा ब्यान्डविथ खपत अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली इन्टरनेट इतिहासमा नयाँ रेकर्ड कायम भएको छ । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत मङ्गलबार भएको नेपाल र अमेरिकाबीचको खेलका कारण नेपालको लोकल ब्यान्डविथ खपत अहिलेसम्मकै उच्च भएको हो ।

इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीआईएक्स) का अनुसार मङ्गलबार बेलुका आठ बजेको समयमा ८१.४ जीबीपीएस लोकल ब्यान्डविथ खपत भएको थियो । नेपालको इन्टरनेट धेरै हदसम्म अन्तर्राष्ट्रिय ब्यान्डविथमा निर्भर रहेको छ ।

स्रोतः इन्टरनेट एक्सचेञ्ज नेपाल

तर डीएनएस सर्भरको क्षमता वृद्धि, नेपालमा डेटा सेन्टरको विस्तार, लोकल कन्टेन्ट उत्पादन जस्ता कार्यले पछिल्लो समय नेपालको लोकल ब्यान्डविथको हिस्सा समेत बढ्दै गएको छ । हाल नेपालको औसत लोकल ब्यान्डविथ खपत २४.९ जीबीपीएस रहेको छ । 

लोकल ब्यान्डविथको खपत बढ्दा एकातर्फ ग्राहकले गुणस्तरीय इन्टरनेट सेवा पाउन थालेका छन् भने अर्कोतर्फ अन्तर्राष्ट्रिय ब्यान्डविथ आयातमा खर्च हुने विदेशी मुद्रा समेत केही हदसम्म जोगाउन सहयोग पुगेको छ ।

पछिल्लो अध्यावधिक: असार ५, २०८० २२:५