close

स्मार्टको मूल्य निर्धारण गर्न विज्ञ नभेटेपछि प्राधिकरणले तेस्रो पटक निकाल्यो उही सूचना

टेकपाना टेकपाना

असार १०, २०८० १०:१८

स्मार्टको मूल्य निर्धारण गर्न विज्ञ नभेटेपछि प्राधिकरणले तेस्रो पटक निकाल्यो उही सूचना

काठमाडौं । नवीकरण हुन नसकी स्वतः लाइसेन्स रद्द भएको स्मार्ट टेलिकमको सम्पत्ति मूल्याङ्कन गर्ने विज्ञ सदस्य नभेटिएपछि नेपाल दूरसञ्चार प्राधिकरणले तेस्रो पटक सूचना प्रकाशित गरेको छ । नियामकले शुक्रबार सार्वजनिक गरेको उक्त सूचनामा योग्यता पुगेका विज्ञ व्यक्तिहरूबाट १५ दिनभित्र सूची दर्ता गर्न आह्वान गरेको हो । 

"अनुमतिपत्र बहाल नरहेको दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली २०७९ को नियम १३ को प्रावधान बमोजिम मूल्य निर्धारण समिति गठन गर्न यसअघि दुई पटक सूचना प्रकाशित गर्दा समेत सूचना प्रविधि विज्ञ वा दूरसञ्चार क्षेत्रको विज्ञ सदस्यको योग्यता पुगेको कुनै पनि व्यक्तिबाट प्रस्ताव प्राप्त नभएकाले.." प्राधिकरणको सूचनामा भनिएको छ । 

"उपरोक्त सदस्यका लागि १५ दिनभित्र सिलबन्दी सूची दर्ता गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि पुनः यो सूचना प्रकाशन गरिएको छ ।" विस्तृत विवरणका लागि अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली २०७९ हेर्न भनिएको छ । 

सिलबन्दी कोटेसनको बाहिर सिलबन्दी कोटेसनमा उल्लेख भएको पद समेत खुलाउन प्राधिकरणले अनुरोध गरेको छ । 

पछिल्लो अध्यावधिक: असार १०, २०८० १०:१९