close

विद्युत प्राधिकरणका गाडीमा अब जीपीएस ट्र्याकिङ सिस्टम

टेकपाना टेकपाना

असार ११, २०८० १६:५८

विद्युत प्राधिकरणका गाडीमा अब जीपीएस ट्र्याकिङ सिस्टम

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका गाडीमा जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) जडान गरिने भएको छ । आफ्नो स्वामित्वमा चल्ने सबै सवारीलाई क्रमशः जीपीएस प्रविधिमैत्री बनाउने योजना अनुसार प्राधिकरणले पहिलाे चरणमा चार पाङ्ग्रे गाडीहरूमा यस्तो प्रणाली प्रयाेग गर्न लागेको हो ।

यसअन्तर्गत प्राधिकरणको निर्देशनालय, विभाग, महाशाखा, शाखालगायत सबै कार्यालयका सवारी साधनमा जीपीएस जडान गरिने प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले जानकारी दिए ।

यसबाट प्राधिकरणको गाडी कहाँ र किन कुदिरहेको छ भनेर व्यवस्थापन पक्षलाई अवगत हुने उनको भनाइ छ । साथै गाडीहरूको नियमन र व्यवस्थापन गरी सुरक्षा सतर्कता अपनाउन पनि यो प्रणालीले सहयोग गर्ने उनले विश्वास व्यक्त गरे । 

पछिल्लो अध्यावधिक: असार ११, २०८० १७:२८