close

'एड ब्लकर' प्रयोग गर्नेले भिडिओ हेर्न नपाउने नियम ल्याउँदै युट्युब

टेकपाना टेकपाना

असार १५, २०८० १२:४१

'एड ब्लकर' प्रयोग गर्नेले भिडिओ हेर्न नपाउने नियम ल्याउँदै युट्युब

 

काठमाडौं । युट्युबले 'एड ब्लकर' अर्थात विज्ञापन ब्लक गर्ने माध्यम प्रयोग गर्ने प्रयोगकर्ताले युट्युब भिडिओ नै हेर्न नपाउने व्यवस्था गर्न थालेको छ । कम्पनीले यसका लागि 'एड ब्लकर' प्रयोग गर्नेहरूलाई युट्युब प्रिमियम प्रयास गर्न भन्दै विश्वभर एउटा सानो परीक्षण गर्न थालेको हो ।

युट्युबले बारम्बार 'एड ब्लकिङ' टुल प्रयोग गरेको थाहा पाएपछि त्यस्ता प्रयोगकर्तालाई भिडिओ प्लेब्याक रोकिने चेतावनी सहितको नोटिफिकेसन पठाउन थालेको छ । यसअघि युट्युबले 'एड ब्लकर' प्रयोग गरी तीन भन्दा बढी भिडिओ हेर्न नपाइने प्रविधि परीक्षण गर्न थालेको समाचार आएको थियो ।

"'एड ब्लकर' पहिचान गर्ने कार्य नयाँ होइन, र अन्य पब्लिसरले नियमित रुपमा प्रयोगकर्तालाई 'एड ब्लकर' डिसेबल अर्थात निष्क्रिय गर्न आग्रह गर्दै आएका छन्," गुगलका प्रवक्ता ओलुवा फलोडनले भनेका छन् ।

यसबाट युट्युबले 'एड ब्लकर' प्रति कडाईको नीति लिने सङ्केत गर्छ । यो नयाँ नियम कहिलेबाट लागू हुन्छ भन्ने यकिन मिति भने घोषणा भइसकेको छैन । 

पछिल्लो अध्यावधिक: असार १५, २०८० १३:१०