close

सामसङका फ्ल्यागशिप फोन खरिद गर्दा ४५ हजारसम्म क्याशब्याक पाइने

टेकपाना टेकपाना

असार २०, २०८० ११:५०

सामसङका फ्ल्यागशिप फोन खरिद गर्दा ४५ हजारसम्म क्याशब्याक पाइने

काठमाडौं । सामसङले नेपालमा बिक्री हुने फ्ल्यागशिप फोनमा क्याशब्याक अफर ल्याएको छ । वर्षाको मौसम सुरु भएसँगै मनसुन अफरको रुपमा कम्पनीले यो योजना सार्वजनिक गरेको हो । 

यस अन्तर्गत विभिन्न मोडेलका फ्ल्यागशिप फोन खरिद गर्ने प्रयोगकर्ताले न्यूनतम तीन हजारदेखि ४५ हजार रुपैयाँसम्म क्याशब्याक पाउने सक्नेछन् ।

कम्पनीले यो क्याशब्याक अफरमा सबैभन्दा बढी रकम जेड फोल्ड फोरमा फिर्ता दिने भएको छ । दुई लाख ४४ हजार ९९९ रुपैयाँ बजार मूल्य भएको जेड फोल्ड फोर खरिद गर्दा ४५ हजार रुपैयाँ क्याशब्याक पाइनेछ । 

यसमा १२ जीबी र्‍याम २५६ जीबी इन्टर्नल स्टोरेज रहेको छ । त्यस्तै ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको जेड फ्लिप फोर खरिद गर्दा ३० हजार रुपैयाँ क्याशब्याक पाइनेछ । यसको बजार मूल्य एक लाख ४४ हजार ९९९ रुपैयाँ छ । 

यसैगरी १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भएको जेड फोल्ड थ्री र उस्तै र्‍याम तथा स्टोरेज भएको एस २३ अल्ट्रामा समान २० हजार रुपैयाँ क्याशब्याक पाउन सकिन्छ । यी मोडेलको बजार मूल्य क्रमशः एक लाख ७९ हजार ९९९ रुपैयाँ र दुई लाख नौ हजार ९९९ रुपैयाँ रहेको छ । 

कम्पनीले ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको एस २३ प्लस खरिदमा १७ हजार रुपैयाँ क्याशब्याक दिने उल्लेख गरेको छ । यसको बजार मूल्य एक लाख ५१ हजार ९९९ रुपैयाँ छ । 

त्यससँगै एस २२ खरिद गर्दा १५ हजार रुपैयाँ क्याशब्याक पाइन्छ । यसमा ८ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल स्टोरेज छ । कम्पनीका अनुसार यो भेरियन्टको एस २२ को मूल्य एक लाख २४ हजार ९९९ रुपैयाँ छ । 

क्याशब्याक अफरमा एस २३ अल्ट्रा पनि अटाएको छ । १२ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल स्टोरेज भएको यो मोडेल खरिद गर्दा १२ हजार रुपैयाँ क्याशब्याक पाइन्छ । हाल बजारमा एस २३ अल्ट्राको मूल्य एक लाख ९१ हजार ९९९ रुपैयाँ छ । 

यससँगै ८ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल स्टोरेज भएको एस २३ खरिद गर्दा तीन हजार रुपैयाँ क्याशब्याक पाइने कम्पनीले जनाएको छ । यो मोडेलको बजार मूल्य एक लाख २७ हजार ९९९ रुपैयाँ रहेको छ ।  

कम्पनीले हालै सुरु गरेको यो क्याशब्याक अफरको अवधि कहिलेसम्म लागू हुनेछ भन्ने विषयमा भने केही खुलाएको छैन ।

पछिल्लो अध्यावधिक: असार २०, २०८० ११:५१