काठमाडौं । यसै साता सार्वजनिक हुने भनिएको एसईईको नतिजा प्राप्त गर्न सकिने गरी नेपाल टेलिकमले तीन विकल्प उपलब्ध गराउने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यसको जानकारी दिएको हो ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानो ठिमी भक्तपुरबाट प्रकाशित हुने २०७९ सालको एसईई नतिजा प्राप्त गर्न कम्पनीले आईभीआर, एसएमएस र वेबसाइटको व्यवस्था मिलाएको छ । यसका लागि निम्न अनुसारको प्रक्रिया अपनाउनु पर्ने हुन्छ ।
१. आईभीआर
नेपाल टेलिकमको ल्यान्ड लाइन फोन, मोबाइल वा सीडीएमएबाट १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार एसईईको नतिजा थाहा पाउन सकिन्छ ।
२. एसएमएस
मोबाइलको मेसेज बक्समा गई SEE(सिम्बोलनम्बर) राखी १६०० मा एसएमएस पठाएर पनि एसईईको नतिजा हेर्न सकिनेछ ।
३. वेबसाइट
नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा गएर अथवा यहाँ क्लिक गरेर आफ्नो मार्कशिट सहितको रिजल्ट हेर्न सकिन्छ ।