close

नेपालमा क्यूआर अन्तरसञ्चालन सुरु, अब नेपाल पे र स्मार्टक्यूआर एकआपसमा चल्ने

टेकपाना टेकपाना

असार २४, २०८० १६:२६

नेपालमा क्यूआर अन्तरसञ्चालन सुरु, अब नेपाल पे र स्मार्टक्यूआर एकआपसमा चल्ने

काठमाडौं । नेपालमै पहिलो पटक क्यूआर अन्तरसञ्चालन सुरु भएको छ ।

नेपाल पे क्यूआरस्मार्टक्यूआरबीच अन्तरसञ्चालनका लागि काठमाडौं आयोजित एक कार्यक्रमबीच नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) ले सम्झौता गरेको हो । 

योसँगै अब नेपाल पेका प्रयोगकर्ताले स्मार्टक्यूआर प्रयोग गर्न पाउनेछन् भने स्मार्टक्यूआरका प्रयोगकर्ताले नेपाल पे क्यूआर मार्फत पनि भुक्तानी गर्न सक्नेछन् ।  

यो सम्झौताले नेपालको क्यूआर भुक्तानीलाई थप बलियो बनाउने एनसीएचएलले विश्वास व्यक्त गरेको छ । नेपालमा यसरी दुई क्यूआर सेवाबीच अन्तरसञ्चालन सुरु गरिएको यो पहिलो पटक हो ।  

पछिल्लो अध्यावधिक: असार २४, २०८० १६:२६