close

यती एयरलाइन्सको टिकट खरिद गर्दा ५०० रुपैयाँसम्म छुट पाइने

टेकपाना टेकपाना

असार २६, २०८० १२:१८

यती एयरलाइन्सको टिकट खरिद गर्दा ५०० रुपैयाँसम्म छुट पाइने

काठमाडौं । यती एयरलाइन्सको वेबसाइट तथा एपबाट टिकट खरिद गरी 'आइएमई पे' मार्फत भुक्तानी गर्दा ५०० रुपैयाँसम्म छुट पाउन सकिने भएको छ । आईएमई पेले यती एयरलाइन्ससँगको सहकार्यमा यस्तो अफर ल्याएको हो ।

छुट पाउनका लागि सेवाग्राहीले यती एयरलाइन्सको वेबसाइट वा एप मार्फत टिकट बुक गर्दा 'MONSOONYT51' प्रोमो कोड प्रयोग गर्नुपर्ने हुन्छ । त्यसपछि आइएमई पे मार्फत भुक्तानी गरेको खण्डमा ५०० रुपैयाँसम्म छुट पाइने कम्पनीले जनाएको छ ।  

आज (मंगलबार)देखि सुरु भएको यो अफर असार ३१ गतेसम्म लागू हुनेछ ।

पछिल्लो अध्यावधिक: असार २६, २०८० १३:३९