काठमाडौं । मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईलाई फोन र एसएमएसमार्फत ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ परेका छन् ।
असार १३ गते अन्दाजी सवा ६ बजेतिर प्रसाईलाई प्रवेश लामाको नामबाट फोन गरी “हत्या गर्नको लागी योजना बनि सकेको, यदि सुरक्षित हुन चाहनु हुन्छ भने रकम दिनु पर्ने हुन्छ भनेर धम्की दिइएको थियो ।
माग गरिएको रकम उपलब्ध गराएको खण्डमा तपाईँको जीवन रक्षा हुन्छ भनि धम्की आएपछि प्रसाइले नाटकीय ढङ्गबाट फिरौती रकम लिन बोलाएका थिए ।
प्रसाईलाई उनको नाम दोस्रो नम्बरमा रहेको र अपहरण गरी हत्या गर्ने धम्की फोन र एसएमएस मार्फत पठाइएको थियो ।
ज्यान जोगाउनका लागि उनीसँग ३० करोड रुपैयाँ माग गरिएको प्रहरीले जनाएको छ । मंगलबार फिरौती लिन आउने केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले महाराजगंजबाटै ४० वर्षीय रमेश कुमार गुरुङलाई पक्राउ गरेको हो ।
खोटाङ राहबेशी गाउँपालिका-१ राहबेशी घर भएका गुरुङ पछिल्लो समय काठमाडौं महानगरपालिका-४ चुनदेबी बस्दै आइरहेका थिए ।
प्रहरी वृत्त महाराजगंजमा उनीमाथि अपहरण तथा शरीर बन्धक उद्योग मुद्दामा थप अनुसन्धान भइरहेको छ ।