close

सूचना प्रविधि मन्त्रालयको एड्भाइजरीः हार्ड डिस्क-मेमोरी झिकेर मात्रै कम्प्युटर मर्मत गर्न दिनु

टेकपाना टेकपाना

असार २८, २०८० ११:१३

सूचना प्रविधि मन्त्रालयको एड्भाइजरीः हार्ड डिस्क-मेमोरी झिकेर मात्रै कम्प्युटर मर्मत गर्न दिनु

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले  साइबर हाइजिन सम्बन्धी एड्भाइजरी जारी गरेको छ । मन्त्रालयले बिहीबार सरकारी कार्यालयका साथै गैरसरकारी तथा निजी सङ्घ संस्थालाई साइबर आक्रमणबाट जोगिन अपनाउनु पर्ने सावधानी सहितको एड्भाइजरी जारी गरेको हो ।

एड्भाइजरीमा अनधिकृत लिङ्क नखोल्ने, मल्टी-फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्ने, बलियो पासवर्ड राख्ने, साइबर जोखिम मूल्याङ्कन तथा परीक्षण गर्ने, सोर्स कोड सुरक्षित राखी अद्यावधिक गर्ने, सेक्युरिटी अडिट गराउने, डेटा इन्क्रिप्सनको व्यवस्था मिलाउने, साइबर जोखिम र समाधानको सम्बन्धमा नियमित प्रशिक्षण दिने लगायतका विषय समेटिएका छन् ।

त्यस्तै गोपनीयता सम्बन्धी नीति निर्धारण गरी लागू गर्ने, साइबर सुरक्षा उपकरणहरू प्रयोग गर्ने, कार्यालयको ईमेल आईडी व्यक्तिगत प्रयोजनका लागि प्रयोग नगर्ने कुरा समेत दुई पृष्ठ लामो एड्भाइजरीमार्फत सुझाइएको छ । 

यस्तो छ मन्त्रालयको एड्भाइजरीः

पछिल्लो अध्यावधिक: असार २८, २०८० ११:१४