close

नेपाल टेलिकमको आकर्षक अफर, अब ५०० रुपैयाँमा एक महिनाका लागि २० जीबी डेटा

टेकपाना टेकपाना

असार २९, २०८० १६:२९

नेपाल टेलिकमको आकर्षक अफर, अब ५०० रुपैयाँमा एक महिनाका लागि २० जीबी डेटा

काठमाडौं । नेपाल टेलिकमले समर अफर सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबारदेखि लागू हुने गरी आकर्षक अफर ल्याएको हो । 

यो अफरमा सेवाग्राहीको रुचि र चाहना अनुसार केही नयाँ प्याकेज सहितका अफर उपलब्ध गराइएको छ । त्यसैगरी एफटीटीएच, नमस्ते वाईफाई, सीयूजी लगायत विभिन्न भ्वाइस तथा डाटा प्याकेजहरूलाई थप आकर्षक बनाइएको छ । 

नयाँ अफर अन्तर्गत अल टाइम डेटा प्याकको रूपमा कम्पनीका ग्राहकले ५०० रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जीबी डाटा प्याक उपलब्ध भइरहेकोमा अब २० जीबी प्राप्त गर्न सकिनेछ । त्यस्तै ८०० रुपैयाँमा २५ जीबी डेटा उपलब्ध भइरहेकोमा अब ३५ जीबी डेटा प्याक उपलब्ध हुनेछ । 
 

यसैगरी प्रिपेड सस्तो कम्बो प्याक अन्तर्गत सस्तो कम्बो २९९ प्याकमा १५० मिनेट अन नेट भ्वाइस कल, दुई जीबी डेटा र २० एसएमएसको सुविधा उपलब्ध भइरहेकोमा अब सोही मूल्यमा दुई जीबीको साटो चार जीबी डेटा उपलब्ध हुनेछ ।

सजिलो अनलिमिटेड ७९९ प्याक अन्तर्गत सबै नेटवर्कमा अनलिमिटेड भ्वाइस कल उपलब्ध हुनेछ । कम्पनीले मसिन टु मसिन (एमटुएम) सिम कार्डको प्रयोगलाई समेत प्राथमिकतामा राखेको छ ।

यसका लागि विभिन्न प्याकेजको व्यवस्था गरिएको उल्लेख छ । जसमा ३० दिनसम्म प्रयोग गर्न सकिने विभिन्न दरका प्याकेज उपलब्ध हुनेछन् । 

त्यस्तै कर्पोरेट क्षेत्रमा लोकप्रिय सीयूजी प्याकलाई थप आकर्षक बनाइएको छ । साथै, अनलिमिटेड डेटा प्याकमा प्रदान गरिँदै आएको फेयर युज पोलिसी (एफयूपी) बमोजिम तोकिएको परिमाण उपभोगपछि लागू हुने थ्रोटलिङ स्पिड लिमिट पनि बढाइएको छ । 

समर अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*1#    डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिनेछ ।

त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np  मार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।  

पछिल्लो अध्यावधिक: असार २९, २०८० १६:३९