close

नेपालमा सार्वजनिक हुँदै बोटका ३ नयाँ उत्पादन, ३४९९ पर्ने स्मार्टवाच ३४ मै पाउने मौका !

टेकपाना टेकपाना

असार ३१, २०८० १६:२०

नेपालमा सार्वजनिक हुँदै बोटका ३ नयाँ उत्पादन, ३४९९ पर्ने स्मार्टवाच ३४ मै पाउने मौका !

काठमाडौं । आज राति भारतीय ब्रान्ड बोटका तीन ओटा नयाँ उत्पादन स्टोन १९० ब्लुटुथ स्पिकर, स्टोर्म कल स्मार्टवाच र वेभबिट फिटनेस स्मार्टवाच सार्वजनिक हुँदै छन् । यस अवसरमा बोटका लागि नेपालको आधिकारिक बिक्रेता टेलिटक प्रालिले विभिन्न अफर ल्याएको छ । 

जस अन्तर्गत बोटका तीन मध्ये कुनै पनि उत्पादन खरिद गर्ने पहिलो ३३ जनाले आकर्षक अफर पाउनेछन् । 

जसले २,६९९ पर्ने स्टोन १९० ब्लुटुथ स्पिकर १९९९ रुपैयाँमा, ३,४९९ रुपैयाँ पर्ने वेभबिट स्मार्टवाच २९९९ रुपैयाँमा र ४,४९९ पर्ने स्टोर्म कल स्मार्टवाच ३९९९ रुपैयाँमा खरिद गर्न पाउनेछन् । ३३ जनाले खरिद गरिसकेपछि भने भने यी उत्पादनको नियमित मूल्य लागू हुनेछ । 

त्यस्तै सोमबार दिउसो १२ बजे दराजमा बोटको लाइभ सेसन हुनेछ । त्यसबाट 'फास्टेस्ट फिङ्गर फर्स्ट' गरी भाग्यशाली पाँच जनालाई कम्पनीले ३,४९९ पर्ने वेभ बिट स्मार्टवाच ३४ रुपैयाँमै दिइने जनाएको छ । उक्त अफरमा सहभागी हुनका लागि १२ बजे हुने दराजको लाइभ सेसन हेर्नुपर्ने हुन्छ । लाइभ दराजको वेबसाइटमा अथवा यहाँ क्लिक गरेर हेर्न सकिनेछ । 

हाल दराजमा कमिङ सुन (Comming Soon) मा रहेका तीन ओटा बोटका नयाँ उत्पादन राति १२ बजेपछि लाइभ हुनेछन् । 

 

पछिल्लो अध्यावधिक: असार ३१, २०८० १६:२०