close

द ब्रिटिस कलेजको स्टार्टअप फेस्ट, उत्कृष्ट बिजनेस आइडिया प्रस्तुत गर्ने ३ टिम पुरस्कृत

टेकपाना टेकपाना

साउन ८, २०८० १९:८

द ब्रिटिस कलेजको स्टार्टअप फेस्ट, उत्कृष्ट बिजनेस आइडिया प्रस्तुत गर्ने ३ टिम पुरस्कृत

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी)ले स्टार्टअप फेस्ट प्रतियाेगिता गरेको छ । आइतबार हिमालय होटलमा भएको प्रतियोगिताको फाइनलमा उत्कृष्ट तीन टिमहरूलाई विजयी घोषणा गरिएको छ ।

टीबीसी इन्क्युबेशन सेन्टरले शुक्रबारदेखि सुरु गरेको प्रतियोगितामा शीर्ष १० टिमले आ-आफ्ना बिजनेस आइडिया प्रस्तुत गरेका थिए । यसमध्ये ‘कम्पोस्टिङ द एक्सपान्डेड पोलिस्टिरिन (स्टाइरोफोम)’ टोलीले पहिलो स्थान हासिल गरेको हो । 

 

रधिक थापाको नेतृत्वकाे उक्त टिमले ‘रिसाइकल एण्ड स्टाइरोफोम युजिङ मिलवर्मस् एज अ प्रोसेस अफ डिकम्पोजिसन’ विषयमा आइडिया त गरेकाे थियाे । विजेता टिमले एक लाख रुपियाँ नगद पुरस्कार प्राप्त गरेकाे छ भने टिमका सदस्यहरूले टीबीसीको इन्क्युबेशन सेन्टरको पहुँच पाएका छन् ।

त्यस्तै, दोस्रो स्थान हासिल गर्ने ‘टिम हार्वेस्ट ग्रो इन्भेस्टमेन्ट’ले नेपाली कृषि उद्योगका लागि लगानीकर्ताहरू भर्ना गर्ने विषयमा विचार प्रस्तुत गरेका थियाे । याे टिमले ७५ हजार रुपैयाँ पायाे ।

वातावरणमैत्री सफाइका उत्पादनबारे विचार प्रस्तुत गरेकाे ‘बायो–इन्जाइम’ टिमले तेस्राे स्थान हासिल गरी ५० हजार रुपैयाँ पायाे । 

टीबीसी स्टार्टअप फेस्ट देशभरका विद्यार्थीहरुको लागि आफ्नो उद्यमशील विचारहरु प्रस्तुत गर्ने र उनीहरुको स्टार्टअपहरुमा लगानी गर्ने उद्देश्यले सुरु गरिएको हो ।

पछिल्लो अध्यावधिक: साउन ८, २०८० १९:८