close

आउँदो फिनटेक फ्राइडे वित्तीय प्रविधि माथिको लगानीमा केन्द्रित हुने, रजिष्ट्रेसन निःशुल्क

टेकपाना टेकपाना

साउन ८, २०८० १९:३१

आउँदो फिनटेक फ्राइडे वित्तीय प्रविधि माथिको लगानीमा केन्द्रित हुने, रजिष्ट्रेसन निःशुल्क

 

काठमाडौं । आगामी फिनटेक फ्राइडेमा ‘वित्तीय प्रविधिमा लगानीः अवसर र चुनौति’ विषयमाथि प्यानल छलफल हुने भएको छ । फिनटेक अलायन्स नेपालको आयोजनामा हरेक महिना हुने कार्यक्रमको अबको अङ्क लगानी माथि केन्द्रित हुने भएको हो ।

यही १९ साउन, शुक्रबारका दिन आयोजना गर्न लागिएको कार्यक्रम अपरान्ह ४ः३० बजे पुल्चोक स्थित होटल हिमालय हुनेछ ।

कार्यक्रममा नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी, ब्रिटिश इन्टरनेसनल इन्भेस्टमेन्ट होल्डिङ्स लिमिटेडका नेपाल प्रतिनिधि रबि रायमाझी र ट्रु नर्थ एसोसियट्सका संस्थापक तथा फिनटेक अलायन्स नेपालका सल्लाहकार सुमन जोशी वक्ताको रूपमा रहनेछन् ।

फिनटेक अर्थात वित्तीय प्रविधिमा रुचि राख्नेहरूको सञ्जालको रूपमा गठन भएको फिनटेक अलायन्सले अनुभव आदान प्रदान गर्दै सिक्ने र यस क्षेत्रमा क्रियाशील समुदाय एवम् आफ्ना सदस्यको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम नियमित रूपमा आयोजना गर्दै आएको छ ।

कार्यक्रममा सहभागी हुन चाहने इच्छुक व्यक्तिले यहाँ क्लिक गरी अथवा तल दिइएको क्यूआर कोड स्क्यान गरी रजिस्ट्रेसन गर्न सक्नेछन् । कार्यक्रम पश्चात फिनटेक सोसल्स तथा नेटवर्किङको अवसर समेत प्राप्त हुनेछ । तर सहभागी सिट सङ्ख्या सीमित रहेकाले सुरुवाती चरणमा फाराम भर्नेलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ । 

टेकपानासँगै स्प्यारो एसएमएस र आईआरआईएसको सहयोग रहेको यो कार्यक्रममा नलेज पार्टनरको रूपमा ब्रिटिश कलेज रहेको छ । 

पछिल्लो अध्यावधिक: साउन ८, २०८० १९:३१