close

सामाजिक सञ्जाल प्रयोगकर्ताबाट प्रश्न र सुझाव लिन पर्यटनमन्त्री किरातीले सुरु गरे 'ई-हुलाक सेवा'

टेकपाना टेकपाना

साउन १०, २०८० १०:३८

सामाजिक सञ्जाल प्रयोगकर्ताबाट प्रश्न र सुझाव लिन पर्यटनमन्त्री किरातीले सुरु गरे 'ई-हुलाक सेवा'

काठमाडौं । पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सामाजिक सञ्जाल प्रयोगकर्ताबाट सुझाव, प्रश्न तथा जिज्ञासा सङ्कलन गर्न 'ई-हुलाक सेवा' सुरु गरेका छन् । मन्त्री किरातीले आफ्ना प्राथमिकताका विषय शेयर गर्दै आफ्नो फेसबुक पेजमार्फत् यसको जानकारी दिएका हुन् ।

यसका लागि 'सुदन किराती ई-हुलाक सेवा' नाम गरिएको छुट्टै खोलिएको छ । जसमार्फत साप्ताहिक रूपमा जनताका चासो, चिन्ता र जिज्ञासाको जवाफ दिइने उल्लेख छ ।

"अबको हाम्रो प्राथमिकता नीति निर्माणमा केन्द्रित हुने, मध्यम किसिमको परिणाममा जोड गर्ने, थालिएका मसिना सुधारका कामलाई निरन्तरता दिने र यही आधारमा भविष्यमा अझ परिणाममुखी र हस्तक्षेपकारी ठूलाठूला काममा हात हालिनेछ," मन्त्री किरातीले भनेका छन्, "सुझावका लागि ई-हुलाक सेवा सधैं खुल्ला रहनेछ ।"

 

पछिल्लो अध्यावधिक: साउन १०, २०८० १०:३८