close

जानकी मन्दिरभित्र अश्लील हर्कत गरी टिकटक बनाउने युवक पक्राउ, युवतीलाई खोज्दै प्रहरी

टेकपाना टेकपाना

साउन १२, २०८० १५:१४

जानकी मन्दिरभित्र अश्लील हर्कत गरी टिकटक बनाउने युवक पक्राउ, युवतीलाई खोज्दै प्रहरी

काठमाडौं । धार्मिक स्थलभित्र अश्लील हर्कत भिडिओ बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका-६ का अनिरूद्र यादव रहेका छन् ।

जनकपुरकाे जानकी मन्दिर विवाहमण्डप परिसरभित्र युवतीसँग अश्लील हर्कत गरेको टिकटक भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि केही व्यक्तिले प्रहरीलाई उजुरी थिएका थिए ।

उक्त उजुरीउपर अनुसन्धान गर्दा यादव पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले टेकपानालाई जानकारी दिए ।

भिडिओमा देखिएकी युवती र भिडिओ खिच्ने व्यक्तिकाे खोजी भइरहेकाे उनले बताए ।

 

पछिल्लो अध्यावधिक: भदौ २, २०८० १९:१७