close

आईएमई पेको ‘फ्ल्याश सेल’, प्रत्येक हवाई टिकटमा २०० रुपैयाँ क्याश ब्याक

टेकपाना टेकपाना

साउन १२, २०८० १७:१७

आईएमई पेको ‘फ्ल्याश सेल’, प्रत्येक हवाई टिकटमा २०० रुपैयाँ क्याश ब्याक

काठमाडौं । डिजिटल वालेट आईएमई पेले आन्तरिक हवाई उडानमा फ्ल्याश सेल अफर सार्वजनिक गरेको छ । कम्पनीले प्रत्येक दिन साँझ ४ बजेदेखि ६ बजेसम्म आन्तरिक उडानका एयरलाइन्स टिकट काट्दा २०० रुपैयाँ क्याश ब्याक पाउने अफर ल्याएको हो ।

यो अफर ७ देखि २६ साउनसम्म चल्नेछ । उक्त छुट सेवाग्राहीले आईएमई पेमा भएका सम्पूर्ण आन्तरिक एयरलाइन्स टिकटमा प्राप्त गर्न सक्नेछन् । सो अफर अवधिभित्र एयरलाइन्सको टिकट काट्ने सेवाग्राहीले साबिकमा चलिरहेको क्याश ब्याक तथा प्रोमो कोड प्रयोग गरी पाइने छुटसहित अहिलेको क्याश ब्याक पनि पाउन सक्ने बताइएको छ ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी आईएमई डिजिटल सोलुसन लिमिटेडबाट सञ्चालित आईएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आईएमई पे” आईएमई ग्रुपको डिजिटल वित्तीय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन समेत हो ।

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त आईएमई पेमार्फत सेवाग्राही आफैले अथवा एजेन्ट मार्फत विभिन्न किसिमको भुक्तानी कार्य गर्न सक्छन् । यसले व्यक्तिव्यक्तिबीच हुने सामान्य रकम ट्रान्सफरदेखि लिएर विभिन्न अनलाइन तथा भौतिक स्टोरमा क्यूआर स्क्यान गरी भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने, र विभिन्न घरायसी तथा कार्यालयका बिल भुक्तानी गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ ।

वालेटमा रहेको ब्यालेन्स रकममा समेत ब्याज दिने वालेटको रूपमा आफ्नो छुट्टै पहिचान बनाएको आईएमई पेमा विभिन्न आकर्षक क्याश ब्याक पनि उपलब्ध रहेका छन् । २० लाख भन्दा बढी ग्राहकलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टमार्फत आईएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: साउन १२, २०८० १७:१७