close

डिशहोम फाइबरनेटका ग्राहक ३ लाख पुगे

टेकपाना टेकपाना

साउन १३, २०८० १८:५५

डिशहोम फाइबरनेटका ग्राहक ३ लाख पुगे

काठमाडौं । डीटीएच तथा फाइबर इन्टरनेट सेवाप्रदायक डिशहोमका इन्टरनेट प्रयोगकर्ता तीन लाख पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति लिई वि.सं. २०७७ देखि  सेवा सुरु गरेको कम्पनीले हालै यो आँकडा पार गरेको हो ।

यसै अवसरमा कम्पनीले आफ्ना सम्पूर्ण ग्राहकलाई धन्यवाद दिएको छ ।

सेवा सुरु गरेको तीन वर्षकै अवधिमा कम्पनीले यो उपलब्धि हासिल गर्न सफल भएको डिशहोम फाइबरनेटका कार्यकारी उपाध्यक्ष रमेश सापकोटाले बताए । ​डिशहोमले पछिल्लो समय गरेको आक्रामक बजार विस्तार, दिएको गुणस्तरीय सेवा आदिका कारण यो आँकडा कम समयमा पार गरेको उनले बताए ।

हाल डिशहोम फाइबरनेट देशका सात प्रदेशका २८ बढी जिल्लामा विस्तार भएको छ । कम्पनीले इन्टरनेट विस्तारसँगै बिक्रीपछिको सेवामा समेत ध्यान दिँदै आएको सापकाेटाकाे भनाइ छ ।

हाल डिशहोमले फाइबरनेट अन्तर्गत सिक्सजी राउटर सहित ७५, १००, १५०, २००, २५०, ३०० र ६०० एमबीपीएसको प्याकेज पनि उपलब्ध गराएको छ । 


 

पछिल्लो अध्यावधिक: साउन १३, २०८० १८:५५