close

एप्पलले अस्वीकार गर्‍यो ट्वीटरको नयाँ नाम ‘एक्स’, यस्तो छ कारण

टेकपाना टेकपाना

साउन १४, २०८० ९:३०

एप्पलले अस्वीकार गर्‍यो ट्वीटरको नयाँ नाम ‘एक्स’, यस्तो छ कारण

काठमाडौं । एलन मस्कले सफलतापूर्वक ट्वीटरको नाम र लोगो अङ्ग्रेजी अक्षर ‘एक्स’मा परिणत गरिसकेका छन् । त्यसबाहेक पनि एक्स ‍डटकम ट्वीटरमा रिडाइरेक्ट भइसकेको छ । 

तर, मस्कले रोजेको ‘एक्स’ एप्पलको एप स्टोरका लागि भने समस्या बनेको छ । एप्पलको न्यूनतम अक्षर (मिनिमन क्यारेक्टर) को मापदण्ड पुरा नहुँदा ट्वीटरले एप स्टोरमा नयाँ नाम पाउन नसकेको विश्लेषकहरूको भनाइ छ ।

एप स्टोरमा राखिने कुनै पनि एपको नाम कम्तिमा दुई ओटा क्यारेक्टरको हुनुपर्ने अनुसन्धानकर्ता एवं ट्वीटरका पूर्व कर्मचारी एरिक बर्लिनले एक्समा उल्लेख गरेका छन् । उनले आफूले परीक्षण गरेको स्क्रिनशट राख्दै एप स्टोरले एउटा अक्षरको नाम राख्न नदिने बताएका छन् । 

उनीबाहेक डेटा साइन्टिस्ट सेमत रहेका नेक्स्टका संस्थापक निक शेरिफका अनुसार आईओएसमा एप्पलले कुनै पनि कम्पनीलाई एक मात्र अक्षरको नाम राख्न दिँदैन । 

त्यस्तै कुनै पनि कम्पनीले एप स्टोरमा आफ्नो एपको नाम अधिकतम् ३० ओटा क्यारेक्टरसम्म राख्न पाउँछन् । 

एप स्टोर र प्लेस्टोरमा ट्वीटर​ यो साता गुगलको प्ले स्टोर र एप्पलको एप स्टोरमा ट्वीटरको अपडेटेड भर्सन सार्वजनिक भइसकेको छ । दुवै प्लेटफर्ममा एपको नयाँ भर्सनको लोगो परिवर्तन भएको देख्न सकिन्छ । 

यता प्ले स्टोरमा ट्वीटरको नाम एक्समा परिवर्तन भइसकेको छ । प्ले स्टोरबाट नयाँ अपडेट इन्स्टल गरिसकेपछि चरा भएको लोगो कही कतै देखिँदैन । तर, इन्स्टल भइसकेको एपको नाम भने एन्ड्रोइडमा ट्वीटर नै देखाइरहेको छ । 

कम्पनीले होम पेजमा पनि चराको आइकनको ठाउँमा एक्सको आइकन राखेको छ । तर, ट्वीटर ब्लु नामको फिचरमा कम्पनीले कुनै नयाँ नाम दिइसकेको छैन ।  

एप स्टोरमा भने ट्वीटरको नाम एक्समा परिणत भइसकेको छैन । तर ट्वीटरको लोगो परिवर्तन भएको छ । 

केही प्रयोगकर्ताले आईफोन र आईप्याड डिभाइसमा नयाँ भर्सनको ट्वीटर पाइसकेको बताएका छन् । कम्पनीले हालसम्म यसबारे कुनै आधिकारिक जानकारी दिएको छैन । 

 

पछिल्लो अध्यावधिक: साउन १४, २०८० ९:३०