टिकटकमा अश्लील हर्कत गर्ने दमक नगरपालिकाका प्रशासकीय अधिकृतलाई मन्त्रालयमा हाजिर हुन पत्र
साउन १५, २०८० २१:४०
काठमाडौं । अश्लील हर्कत गरेको भिडिओ सार्वजनिक भएपछि दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हाजिर हुन मन्त्रालयमा बोलाएको छ ।
टिकटक लाइभको क्रममा महिलासँग अश्लील हर्कत गरेको भिडिओ भाइरल भएपछि उनलाई मन्त्रालयले सोमबार पत्र लेख्दै २४ घण्टाभित्र उपस्थित हुन अनुरोध गरेको हो ।
“तपाईँसँग केही कुरा बुझ्नुपर्ने भएको हुँदा २४ घण्टाभित्र यस मन्त्रालयमा उपस्थित हुन मिति २०८०/०४/१५ को निर्णयानुसार अनुरोध छ,” प्रशासकीय अधिकृतलाई पठाइएको पत्रमा लेखिएको छ ।
सरकारी क्वार्टरमा एक युवतीसँग मदिरा सेवन गर्दै टिकटकमा लाइभ आएका उनले अश्लील हर्कत गरेकाे देखिन्छ । यसपछि यसपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ ।
पछिल्लो अध्यावधिक: साउन १५, २०८० २१:४७
