close

विदेशबाट नेपालमा काम गर्न आउनेलाई भदौ १ देखि अनलाइनबाट श्रम स्वीकृति

टेकपाना टेकपाना

साउन २४, २०८० ९:२७

विदेशबाट नेपालमा काम गर्न आउनेलाई भदौ १ देखि अनलाइनबाट श्रम स्वीकृति

काठमाडौं । सरकारले आगामी भदौ १ देखि गैरनेपालीलाई अनलाइनमार्फत श्रम स्वीकृति दिने भएको छ । एक सूचना जारी गर्दै श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विदेशबाट नेपालमा श्रम स्वीकृति लिएर काम गर्न आउनेले त्यसका लागि अनलाइनबाट आवेदन दिन सक्ने व्यवस्था गरेको हो ।

यसअघि विदेशबाट आएर काम गर्ने विदेशी श्रमिकले श्रम स्वीकृतिका लागि विभागमै आएर आवेदन दिनुपर्थ्यो । विभागबाट प्रवाह हुने सार्वजनिक सेवाहरूलाई सरल तथा पारदर्शी बनाउने उद्दश्यले विकास गरिएको एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली भदौ १ देखि कार्यान्व्यनमा ल्याउन लागिएको हो ।

यसअन्तर्गत विभाग तथा मातहत निकायहरूबाट प्रवाह हुने सेवाहरू (ट्रेड युनियन दर्ता, नवीकरण, गैरनेपालीहरूको श्रम स्वीकति, इजाजत श्रमिक आपूर्तिकर्ताको नवीकरण व्यवसायजन्य दुर्घटना विवरण दर्ता, श्रम अडिट पेश प्रतिष्रठान दर्ता) प्राप्तिका लागि सेवाग्राहीहरूले यो लिंकमा गई आवेदन दिन सक्नेछन् ।

श्रम स्वीकृति लिने र श्रम नवीकरण गर्नेको सङ्ख्या बढेसँगै यसलाई व्यवस्थित र सहज गराउन अनलाइन प्रणाली लागू गर्न लागेको विभागले जनाएको छ ।

  

पछिल्लो अध्यावधिक: भदौ १, २०८० ११:१६