close

नेपाली बजारमा ‘अनर ९० फाइभजी’ र ‘अनर ९० लाइट’ सार्वजनिक, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

साउन २४, २०८० १९:५४

नेपाली बजारमा ‘अनर ९० फाइभजी’ र ‘अनर ९० लाइट’ सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं । नेपाली बजारमा अनरका दुई माेडेलका स्मार्टफोन सार्वजनिक भएकाे छ । अनरका लागि नेपालको आधिकारिक बिक्रेता सेल्ट्रोन नेपाल प्रालिले बुधबार एक कार्यक्रम गर्दै अनर ९० फाइभजी र अनर ९० लाइट स्मार्टफाेन सार्वजनिक गरेकाे हाे ।

अनर ९० फाइभजी ?

अनर ९० मा १२० हर्ज रिफ्रेस रेट भएको ६.७ इन्च एमोलेड डिस्प्ले छ । यसमा स्न्यापड्रागन सेभेन जेन वन चिपसेट राखिएको छ ।

एन्ड्रोइड १३ बाट सञ्चालित यो फोन म्याजिक ओएस ७.१ मा आधारित छ । यसमा २०० मेगापिक्सेलको अल्ट्रा क्लियर, १२ मेगापिक्सेलको अल्ट्रा वाइड तथा म्याक्रो र २ गापिक्सेलको डेप्थ सेन्सर गरी तीन ओटा रियर क्यामेरा रहेका छन् । सेल्फी पारखीका ५० मेगापिक्सेलको क्यामेरा छ । 

१२ जीबी र्‍याम हुने यो फोन २५६ र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध भएकाे छ । यसअन्तर्गत १२/२५६ जीबी भेरियन्टकाे मूल्य ५८ हजार ९९० रुपैयाँ र १२/५१२ जीबी भेरियन्टकाे मूल्य ६३ हजार ९९० रुपैयाँ ताेकिएकाे छ ।

५००० एमएएएच क्षमताको ब्याट्री भएको यस फोनमा कम्पनीले ६६ वाट अनर सुपर चार्ज उपलब्ध गराउने बताएको छ । 

 

कस्तो छ अनर ९० लाइट ?

अनर ९० लाइटमा ९० हर्ज रिफ्रेश रेट भएको ६.७ इन्च एलटीपीएस एलसीडी डिस्प्ले छ । यसमा मिडियाटेक डाइमेन्सिटी ६०२० चिपसेट राखिएको छ । एन्ड्रोइड १३ द्वारा सञ्चालित यो फोन म्याजिक ओएस ७.१ मा आधारित छ ।

यसमा १०० मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेलको अल्ट्रा वाइड तथा म्याक्रो र २ मेगापिक्सेलको डेप्थ सेन्सर गरी तीन ओटा रियर क्यामेरा रहेका छन् । सेल्फी पारखीका लागि यसमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा समावेश गरिएको छ । 

यो फोन नेपाली बजारमा ८ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल भेरियन्टमा मात्र उपलब्ध हुनेछ । ४५०० एमएएएच क्षमताको ब्याट्री भएको यस फोनमा कम्पनीले २२.५ वाट अनर सुपर चार्ज उपलब्ध गराउने बताएको छ ।

फोनको मूल्य ३१ हजार ९९० रुपैयाँ ताेकिएकाे छ ।

पछिल्लो अध्यावधिक: साउन २४, २०८० २०:५