close

तीन करोड २८ लाख रुपैयाँ खर्चेर विद्युतीय सवारी किन्दै राष्ट्रिय वाणिज्य बैंक

टेकपाना टेकपाना

भदौ १, २०८० १५:५४

तीन करोड २८ लाख रुपैयाँ खर्चेर विद्युतीय सवारी किन्दै राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले करिब तीन करोड २९ लाख रुपैयाँ खर्चेर विद्युतीय सवारी खरिद गर्ने भएको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै बैंकले बोलपत्र स्वीकृतिका लागि छनोट भएका बाेलपत्रदाता र स्वीकृत रकमबारे जानकारी दिएकाे हाे ।

यसअघि बैंकले विद्युतीय सवारी र प्यासेन्जर भ्यान खरिदका लागि ‘The Supply & Delivery of Electric Vehicle & Passenger Van (IFB No. RBBL/ GSD/G/NCB/EV & VAN-13/ 2079/80) शीर्षकको खरिद कार्य गर्नका लागि बोलपत्र पेस गर्न सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।

त्यसमध्ये विद्युतीय सवारीकाे शीर्षकमा सिप्रदी ट्रेडिङ प्रालिले न्यूनतम मूल्याङ्कित बोलपत्र पठाएको थियो । सोही आधारमा सिप्रदी ट्रेडिङले बैंकलाई तीन करोड २७ लाख ९२ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी उपलब्ध गराउने भएको छ ।

टेकपानासँग कुरा गर्दै बैंकका उपकार्यकारी निर्देशक एवं सूचना अधिकारी दिवेशप्रसाद लोहनीले अबको एक महिनाभित्र राष्ट्रिय वाणिज्य बैंकमा विद्युतीय सवारी आइपुग्ने जानकारी दिए ।

त्यस्तै इन्जिनयुक्त प्यासेन्जर भ्यानका लागि केएमसी अटोमोबाइल्स प्रालि छनोट भएको छ । सो कम्पनीले राष्ट्रिय वाणिज्य बैंकलाई एक करोड ४४ लाख ९५ हजार रुपैयाँ बराबरको प्यासेन्जर भ्यान उपलब्ध गराउनेछ ।

 

पछिल्लो अध्यावधिक: भदौ १, २०८० १६:५७