close

भोलि काठमाडौं र ललितपुरका यी ठाउँमा साढे ८ घण्टासम्म बिजुली नआउने

टेकपाना टेकपाना

भदौ १५, २०८० १५:२०

भोलि काठमाडौं र ललितपुरका यी ठाउँमा साढे ८ घण्टासम्म बिजुली नआउने

काठमाडौं । शनिबार दिउँसो काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले एक सूचना प्रकाशित गर्दै शनिबार साढे ८ घन्टासम्म विद्युत अवरुद्ध जानकारी दिएको हो । 

प्राधिकरणका अनुसार हाल लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु स्युचाटार ६६ के.भी. लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेको छ ।

टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न स्युचाटार के-थ्री ६६ केभी प्रसारण लाइन शटडाउन गर्नुपर्ने भएकाले के-थ्री सबस्टेसन तथा सोसँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

यसअन्तर्गत रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति अवरूद्ध हुने छ । 

पछिल्लो अध्यावधिक: भदौ १५, २०८० १५:२०