close

फाइनान्स कम्पनीहरूको तर्फबाट एनसीएचएलको सञ्चालकमा अमित श्रेष्ठ नियुक्त

टेकपाना टेकपाना

भदौ १९, २०८० ९:५६

फाइनान्स कम्पनीहरूको तर्फबाट एनसीएचएलको सञ्चालकमा अमित श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले फाइनान्स कम्पनीहरुका तर्फबाट आईसीएफसी फाइनान्स लिमिटेडका डेपुटी प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठलाई सञ्चालक पदमा नियुक्त गरेको छ ।

आइतवार बसेको एनसीएसएलको सञ्चालक समितिको बैंठकले रिक्त रहेको उक्त पदमा श्रेष्ठलाई नियुक्त गरेको हो । श्रेष्ठसँग वाणिज्य बैंक तथा फाइनान्स कम्पनीको क्षेत्रमा २१ वर्षभन्दा बढीको अनुभव रहेको एनसीएचएलले उल्लेख गरेकाे छ ।

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरु मार्फत प्रवर्द्धित एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंक तर्फबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक–एक जना तथा स्वतन्त्र सञ्चालकबाट एक जना गरी जम्मा सात जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ ।

एनसीएचएलले राष्ट्रिय स्तरको भुक्तानी प्रणालीहरु स्थापना तथा सञ्चालन गर्दै आएको छ ।  

पछिल्लो अध्यावधिक: भदौ १९, २०८० ९:५६