close

१०८ मेगापिक्सेल क्यामेरा भएको रियलमीको सस्तो फाइभजी स्मार्टफोन नेपाली बजारमा आउँदै

टेकपाना टेकपाना

असोज ४, २०८० १०:२०

१०८ मेगापिक्सेल क्यामेरा भएको रियलमीको सस्तो फाइभजी स्मार्टफोन नेपाली बजारमा आउँदै

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमीले नेपाली बजारमा आफ्ना दुई नयाँ फोन रियलमी ११ एक्स र रियलमी ११ फाइभजी सार्वजनिक गर्ने भएको छ । भाेलि शुक्रवार ठमेलस्थित छाया सेन्टरमा योजना हुने फ्यान फेस्ट कार्यक्रममार्फत कम्पनीले यी दुई माेडेलका स्मार्टफोन सार्वजनिक गर्न लागेकाे हो ।

रियलमी ११ एक्स र रियलमी ११ फाइभजी उल्लेखनीय सुविधा र आकर्षक डिजाइनका साथ आउने कम्पनीले जनाएको छ । यी दुवै स्मार्टफोनमा मिडियाटेक डाइमेन्सिटी ६१०० प्लस चिपसेट, ६.७२ इन्चको १२० हर्ज रिफ्रेश रेट भएको डिस्प्ले छ ।

क्यामेराको कुरा गर्नुपर्दा रियलमी ११ एक्समा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ भने रियलमी ११ फाइभजीमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा दिइएको छ । रियलमी ११ एक्समा ३३ वाटको फास्ट चार्जर र रियलमी ११ फाइभजीमा ६७ वाटको सुपरभोक चार्जर रहेको छ ।

भारतमा रियलमी ११ फाइभजीको मूल्य १८ हजार ९९९ भारु (करिब ३० हजार ४०० नेपाली रुपैयाँ) र रियलमी ११ एक्सको मूल्य १५ हजार ९९९ भारु (२५ हजार ६०० नेपाली रुपैयाँ) रहेको छ ।

नेपालमा यी फोनको आधिकारिक मूल्य सार्वजनिक भइसकेको छैन । चर्चा अनुसार रियलमी ११ फाइभजीको मूल्य ३२ हजार रुपैयाँ र रियलमी ११ एक्सलाई २७ हजार रुपैयाँकाे हाराहारीमा पर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज ४, २०८० ११:४८