close

१८ हजार रुपैयाँमै १०८ मेगापिक्सेल क्यामेरा भएको रियलमी स्मार्टफोन नेपाली बजारमा

टेकपाना टेकपाना

असोज १८, २०८० १३:९

१८ हजार रुपैयाँमै १०८ मेगापिक्सेल क्यामेरा भएको रियलमी स्मार्टफोन नेपाली बजारमा

काठमाडौं । रियलमीले नेपाली बजारमा दुई नयाँ स्मार्टफोन मोडेल भित्र्याएको छ । सस्तो मूल्यमा राम्रो फिचर भएको फोन किन्न चाहने प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले  'रियलमी सी ५३' (Realme C53) र 'रियलमी सी ५१' (Realme C51) नेपाली उपभोक्ताका लागि उपलब्ध गराएको हो ।

'क्यामराको च्याम्पियन' ट्यागलाइनमा सार्वजनिक रियलमी सी ५३ मा १०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा दिइएकाे छ । सी सिरिजमध्ये १०८ मेगापिक्सेल क्यामेरा पाएकाे याे पहिलाे फाेन हाे ।

यसमा रहेकाे ठूलो क्यामेरा सेन्सरले उत्कृष्ट कलर, ब्यालेन्स्ड हाइलाइटहरू र स्याडोज तथा डिप टेक्स्चर शटहरू प्रदान गर्ने कम्पनीले जानकारी दिएकाे छ ।

९० हर्ज रिफ्रेसरेट सहित ६.७४ इन्चको डिस्प्ले रहेकाे फाेनमा १८ वाट क्विक चार्जको सुविधासहित ५००० एमएएचको ब्याट्री राखिएको छ । यसमा ४ जीबी र्‍याम उपलब्ध भए पनि कम्पनीले १२ जीबीसम्मको डाइनामिक र्‍याम थप गर्ने सुविधा दिएकाे छ ।

त्यसैगरी ९० हर्ज रिफ्रेस रेट सहित ६.७४ इन्चको आईपीएस डिस्प्ले रहेको रियलमी सी ५१ फोनमा ४ जीबी र्‍याम तथा ६४ जीबी इन्टर्नल स्टोरेज दिइएकाे छ । यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ ।

यो फोनमा ३३ वाटको वार्यड फास्ट चार्जिङ सहित ५००० एमएएचको ब्याट्री दिइएको छ ।

रियलमी सी ५१ मिन्ट ग्रिन र ब्ल्याक गरी दुई कलरमा उपलब्ध छ भने रियलमी सी ५३ गोल्ड र ब्ल्याक कलरमा उपलब्ध छ ।

रियलमी सी ५१ (४+६४ जीबी) को मूल्य रु. १५,९९९ रहेको छ । त्यस्तै, रियलमी सी ५३ (४+१२८ जीबी) को मूल्य रु. १७,९९९ ताेकिएकाे छ ।

पछिल्लो अध्यावधिक: मंसिर २६, २०८० १५:३९