काठमाडौं । फोल्डेबल फोनको दौडमा चिनियाँ कम्पनी रियलमी पनि मिसिने भएको छ । रियलमीका उपाध्यक्ष माधव शेठले हालै एक ट्वीट गर्दै यसबारे संकेत गरेका छन् ।
ट्वीटमा ''तपाईं अर्को के चाहनुहुन्छ... रियलमी फ्लिप वा रियलमी फोल्ड'' भन्दै उनले प्रयोगकर्ताबाट प्रतिक्रिया मागेका छन् । शेठले अन्य विवरण नखुलाए पनि कम्पनी फोल्डेबल फोन ल्याउन अग्रसर भएको बुझ्न सकिन्छ ।
यसअघि पनि कम्पनीको फोल्डेबल फोनको स्केच बाहिरिएको थियो । तर कम्पनीले थप जानकारी भने दिएको थिएन ।
अब भने सन् २०२३ भित्र रियलमीकाे फोल्ड वा फ्लिप वा दुवै डिजाइनका फोन उपलब्ध हुनसक्ने अनुमान गरिएको छ ।
What do you want next… #realmeFlip or #realmeFold?
— Madhav Sheth (@MadhavSheth1) March 9, 2023
पछिल्लो अध्यावधिक: फागुन २७, २०७९ २०:४१
